शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • लयमा फर्कियो सिटी, युनाइटेडलाई पछि पार्दै ईपीएलको शीर्षस्थानमा

लयमा फर्कियो सिटी, युनाइटेडलाई पछि पार्दै ईपीएलको शीर्षस्थानमा

इंग्लिस प्रिमियर लिग(ईपीएल)अन्तर्गत मंगलबार रातिको खेलमा जित निकाल्दै म्यानचेस्टर सिटी ईपीएलको शीर्षस्थानमा पुगेको छ।
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

काठमाडौं- इंग्लिस प्रिमियर लिग(ईपीएल)अन्तर्गत मंगलबार रातिको खेलमा जित निकाल्दै म्यानचेस्टर सिटी ईपीएलको शीर्षस्थानमा पुगेको छ।

१९ खेलमा १२ औं जित निकाल्दै शीर्षस्थानको म्यानचेस्टर युनाइटेडलाई एक अंकले पछि  पारेर सिटी लिगलिडर बनेको हो।

लिगलिडर बन्न गएरातिको खेलमा उसले वेस्ट ब्रोमविरुद्ध उसकै मैदानमा ५–० गोलको फराकिलो जित निकाल्यो।

सिटीका लागि इलके गुन्डोगनले दुई  गोल गरे भने जोआ क्यानसेलो, रियाद महरेज र रहिम स्टार्लिङले समान १–१ गोल गरे।

खेलको छैटौं मिनेटमै गुन्डोगनले गोल गर्दै सिटीलाई अग्रता दिलाए। २० औं मिनेटमा क्यानसेलोले गोल गर्दै अग्रता दोब्बर बनाए।

त्यस्तै ३० औं मिनेटमा गुन्डोगनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटी ३–० गोलको अग्रतामा पुग्यो।

तर सिटी यतिमै रोकिएन्। पहिलो हाफको इन्ज्युरी सयमा पनि महरेजले गोल गर्दै सिटीलाई चार गोलको अग्रतामा पुर्‍याए।

पहिलो हापमै सहज अवस्थामा पुगेको सिटीका स्टार्लिङले दोस्रो हाफको ५७ औं मिनेटमा अन्तिम गोल गरे।

यससँगै फरकिलो जित निकालेको सिटीले हालसम्म १२ जित, पाँच बराबरी र दुई हारका साथ ४१ अंक जोडेको हो।

समान १९ खेल खेलेको युनाइटेड ४० अंकका साथ दोस्रो स्थानमा रहँदा लेस्टर सिटी ३८ अंकका साथ तेस्रो स्थानमा छ।

सिटीसँग पराजित वेस्ट ब्रुम भने पुछारबाट दोस्रो स्थानमा छ।

प्रकाशित: Jan 27, 2021| 02:30 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।