शनिबार, असार २७, २०८३

पीएम कप : पहिलो सेमिफाइनलमा एपीएफलाई पुलिसको चुनौती

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज (बुधबार) पहिलो सेमिफाइनल खेल हुँदैछ।
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

काठमाडौं- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज (बुधबार) पहिलो सेमिफाइनल खेल हुँदैछ।

आजको खेलमा समूह ए को विजेता एपीएफले समूह बीको उपविजेता नेपाल पुलिस क्लबको सामना गर्नेछ।

सशस्त्र प्रहरीको विभागीय टिम र पुलिसको विभागीय टिम उपाधि प्रतिस्पर्धी एवम् बलिया टिम हुन्।

यसकारण आज दुवै टिमलाई फाइनलसम्मको यात्राका लागि निकै चुनौति हुनेछ।

जारी प्रतियोगितामा एपीएफ अपराजित टिम हो भने समूह चरणको एक खेलमा पुलिस पराजित भएको छ।

तुलनात्मक रुपमा एपीएफ बलियो देखिन्छ। आजको खेल त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा साढे ९ बजेबाट सुरु हुँदैछ।  

दोस्रो सेमिफाइन खेल भोलि सोही मैदानमा हुनेछ। सेमिफाइनलको विजेता टिम फाइनल पुग्नेछ भने पराजित टिम सेकिफाइनलबाटै बाहिरिने छ। 

सेमिफाइनलमा पराजित हुने टिमले ५० हजार पाउने नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ।
 

प्रकाशित: Jan 27, 2021| 02:05 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।