शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मस्तिष्काघातबाट बेलायतमा कोरोना संक्रमित डा लक्सम्बाको निधन

मस्तिष्काघातबाट बेलायतमा कोरोना संक्रमित डा लक्सम्बाको निधन

कोरोना सङ्क्रमणका कारण अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ। 
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

लण्डन– कोरोना सङ्क्रमणका कारण अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ। 

ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी घर भई लामो समयसम्म बेलायतमा रहँदै आएका प्राज्ञिक व्यक्तित्व तथा भूपू गोर्खा सैनिक प्रा डा चन्द्र लक्सम्बाको बेलायतको फार्नबरोस्थित फ्रिम्ली अस्पतालमा निधन भएको उनका सहकर्मी डा कृष्ण अधिकारीले जानकारी दिए।

कोरोना सङ्क्रमण भई माघ ५ गतेदेखि अस्पतालमा उपचार गराइरहेको अवस्थामा मस्तिष्काघात भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उच्च रक्तस्राब भएका कारण शल्यक्रिया गर्न नसकिने र बचाउने अन्य कुनै उपाय नरहेपछि अस्पतालले परिवारलाई भेट्न बोलाएको थियो। 

परिवारका अन्य सदस्यहरूलाई समेत कोरोना देखिएका कारण अस्पताल भर्नापछि परिवारका कसैलाई पनि अस्पताल प्रशासनले भेट्न अनुमति दिएको थिएन।

गोर्खा सैनिकबाट अवकास भएपछि करिब दुई वर्ष अक्सफोर्ड विश्वविद्यालयमा अनुसन्धान सहायकका रूपमा काम गरेका ५९ वर्षीय लक्सम्बाले सन् २००६ देखि २००९ सम्म नेपाल अध्ययन केन्द्र, युकेले गरेको बेलायतमा बस्ने नेपालीहरुको गणना परियोजनाको संयोजकका रूपमा काम गरेका थिए। 

पछिल्लो समय बेलायतको स्थायी बसाइ टुङ्ग्याएर नेपालमा खुला विश्वविद्यालयमा प्राध्यापकका रूपमा रहेका उनी केही समयअघि मात्र श्रीमती र छोराबुहारीलाई भेट्न बेलायत आउका थिए। 

स्वर्गीय लक्सम्बाका श्रीमती र दुई छोरा छन्।  

प्रकाशित: Jan 27, 2021| 01:22 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।