शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ मा कोरोनाविरुद्धको खोपका लागि २३ वटा केन्द्र निर्धारण

प्रदेश १ मा कोरोनाविरुद्धको खोपका लागि २३ वटा केन्द्र निर्धारण

प्रदेश १ मा कोभिड-१९ विरुद्धको खोपका लागि २३ वटा केन्द्र निर्धारण गरिएको छ। 
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

विराटनगर – प्रदेश १ मा कोभिड-१९ विरुद्धको खोपका लागि २३ वटा केन्द्र निर्धारण गरिएको छ। 

सोमबार प्रदेश १ मा ९ हजार ६०० भायल खोप आएको थियो।

१४ वटै जिल्लामा कोरोनाविरुद्धको खोपका लागि २३ वटा खोप केन्द्र निर्धारण गरिएको प्रदेश १ स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए। 

उनका अनुसार खोप केन्द्र निर्धारण गरेर स्वास्थ्यकर्मीहरुलाई मंगलबार तालिम दिइएको छ। निर्देशानालयले पाँचथर, खोटाङ र ओखलढुंगामा बिहीबार र सोलुखुम्बु तथा संखुवासभामा शुक्रबार खोप लगाउने कार्यक्रम तय गरेको छ।

६ जिल्ला बाहेक प्रदेश १ का ८ जिल्लामा आज बुधबारबाट खोप कार्यक्रमको शुभारम्भ गरिनेछ। 

मुख्यमन्त्री शेरधन राईले खोप कार्यक्रमको शुभारम्भ गर्ने बस्नेतले बताए।

झापाको मेची, दमक र बिर्तामोड अस्पताल, मोरङको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, रंगेली, विराट मेडिकल कलेज र नोबेल अस्पताल, सुनसरीको वीपी, इनरुवा, इटहरी अस्पतालमा खोप लगाउने केन्द्र निर्धारण गरिएको निर्देशक बस्नेतले बताए। 

यस्तै उदयपुरमा उदयपुर अस्पताल गाईघाट, इलामको इलाम अस्पतालसहित फिक्कल र मंगलबार प्राथमिक स्वास्थ्य केन्द्र, धनकुटामा धनकुटा अस्प्ताल, तेह्रथुम अस्पताल, भोजपुर अस्पताल, पाँचथर अस्पताल, ताप्लेजुङ अस्पताल, खोटाङ अस्पताल, ओखलढुंगा अस्पताल, सोलुखुम्बु अस्पताल र संखुवासभा अस्पतालमा खोपकेन्द्र स्थापना गरिएको छ। 

पहिलो चरणमा ३५ हजार ५७६ जनालाई पहिलो र दोस्रो डोज खोप लगाउने कार्यक्रम छ्। पहिलो डोज लगाएका नागरिकलाई चार हप्तापछि दोस्रो डोज लगाइने छ। 

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कोल्डचेन निरीक्षक चन्द्रकान्त ठाकुरका अनुसार प्रदेश १ का १४ जिल्ला बाहेक प्रदेश २ का सिराहा–सप्तरीका सात हजार ६८४ जनालाई खोप लगाउने कार्यक्रमका लागि सम्बन्धित खोप केन्द्रमा भ्याक्सिन पुगिसकेको छ।

प्रकाशित: Jan 27, 2021| 01:04 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।