शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यातायात कार्यालयका प्रमुख साहसहित ६ जना अख्तियारको नियन्त्रणमा

यातायात कार्यालयका प्रमुख साहसहित ६ जना अख्तियारको नियन्त्रणमा

अख्तियार टोलीले जनकपुरधामस्थित कार्यालयमा छापा मारेर कार्यालय प्रमुख वीरेन्द्र साहसहित ६ जनालाई नियन्त्रणमा लिएको हो।
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

जनकपुरधाम- यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ।

अख्तियार टोलीले जनकपुरधामस्थित कार्यालयमा छापा मारेर कार्यालय प्रमुख वीरेन्द्र साहसहित ६ जनालाई नियन्त्रणमा लिएको हो।

अख्तियार कार्यालय बर्दिवासका अधिकृत मनिराम ज्ञवालीले प्रमुख साहसहित दुईजना करारका कर्मचारी, एकजना कार्यालय सहयोगी र दुईजना बिचौलियालाई कार्यालयभित्रै थुनेर राखिएको जानकारी दिए।

सेवाग्राहीसँग लिएको घुसको मोटो रकम कार्यालयमै रहेको सूचनाका आधारमा छापामारेको हो।

सवारी चालक परिचयपत्रबापत उठाएको घुसको ठुलो रकम कार्यालयभित्र नगद नै भेट्ने जानकारी अख्तियारलाई पुगेपछि टोलीले अनुसन्धान जारी राखेको अधिकृत ज्ञवालीले बताए।

प्रकाशित: Jan 26, 2021| 16:04 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।