शनिबार, असार २७, २०८३

विभागीय डर्बीमा आर्मीविरुद्ध एपीएफको जित

राष्ट्रिय महिला लिग अन्तर्गत आज मंगलबार सन्पन्न खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले जित निकालेको छ।
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

काठमाडौं– राष्ट्रिय महिला लिग अन्तर्गत आज मंगलबार सन्पन्न खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीफले त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध २–० गोलको जित निकालेको हो।

२१ औं मिनेटमा वान टु वानको अवस्थामा एपीएफकी सावित्रा भण्डारीको प्रहार आर्मीकी गोलकिपर अञ्जना राना मगरले बचाउ गरेपछि एपीएफ अग्रता बनाउनबाट चुकेको थियो।

२१ औं मिनेटमा चुके पनि २६ औं मिनेटमा योन्जनले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन्। उनले पोस्टको बायाँ कर्नरमा प्रहार गर्दा बलले नेट चुम्न सफल भएको थियो।

त्यसपछि दबाबमा आएको आर्मीविरुद्ध एपीएफले इन्ज्युरी समयमा काउन्टर अट्याक गर्दै गोल गर्यो। पहिलो हाफको इन्ज्युरी समयमा सावित्रा भण्डारीको क्रसमा सरु लिम्बूले गरेको गोलसँगै एपीएफले २–० गोलको अग्रता बनाएको थियो।

आक्रामक सुरुआत गरेको आर्मीले पहिलो हाफमा गोल गर्न सकेन। विमला चौधरीको कर्नर पनि गोलमा परिणत हुन नसकेपछि आर्मी गोलरहित बनेको थियो।

दोस्रो हाफमा दुवै टिमबाट गोल हुन नसक्दा पहिलो हाफको नतिजा नै खेलको निर्णायक बन्यो। खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेर एपीएफकी अनिता केसी प्लेयर अफ द म्याच बनिन्।

आजको हारसँगै जारी लिगमा आर्मीले पहिलो हार बेहोरेको छ भने एपीएफ लगातार तीन खेलमा अपराजित छ। जारी लिगमा आर्मीले एक बराबरी र एक जितका साथ चार अंक बनाएको छ भने एपीएफ ९ अंकका साथ अंकतालिकाको शीर्षस्थानमा छ।

दुई बराबरी र एक जितका साथ नेपाल पुलिस क्लब दोस्रो स्थानमा छ। आजको जितसँगै एपीएफले लिगको उपाधिमा बलियो दावेदारी प्रस्तुत गरेको छ।

प्रकाशित: Jan 26, 2021| 10:46 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।