बिहीबार, असोज ३, २०८१

कर्णाली : ३ वर्षमा थपिए ७५ हजार मतदाता

०७४ को निर्वाचनपछि ०७७ पुस ५ गतेसम्म कर्णालीभर कुल ७४ हजार ८७२ जना मतदाता थपिएका हुन्।
 |  मंगलबार, माघ १३, २०७७
nespernesper

देव राना

देव राना

मंगलबार, माघ १३, २०७७

सुर्खेत– कर्णाली प्रदेशमा ३ वर्षको अवधिमा झण्डै ७५ हजार मतदाता थपिएका छन्। ०७४ को निर्वाचनपछि ०७७ पुस ५ गतेसम्म कर्णालीभर कुल ७४ हजार ८७२ जना मतदाता थपिएका हुन्।

triton college

प्रारम्भिक तथ्यांकअनुसार दैलेखमा सबैभन्दा बढी १५ हजार ४७९ जना र डोल्पामा सबैभन्दा कम १ हजार ८०३ जना मतदाता थपिएका छन्। 

सुर्खेतमा १४ हजार ८९९, जाजरकोटमा ११ हजार ८५४, कालिकोटमा ८ हजार १२९, सल्यानमा ७ हजार ७, रुकुम पश्चिममा ९ हजार २०३, जुम्लामा ३ हजार ४८८, मुगुमा १ हजार ८५६ र हुम्लामा १ हजार १५४ जना मतदाता थपिएका हुन्। थपिएका मतदातासहित कर्णालीमा कुल मतदाताको संख्या ९ लाख २२ हजार १९९ पुगेको छ।

जसमध्ये सुर्खेतमा २ लाख १९ हजार ४७६, दैलेखमा १ लाख ५५ हजार ४२३, सल्यानमा १ लाख ४१ हजार २२०, जाजरकोटमा ९५ हजार ७९१, रुकुम पश्चिममा ९३ हजार २३५, कालिकोटमा ७३ हजार ९०, जुम्लामा ६२ हजार ५४७, मुगुमा ३१ हजार ९७१, हुम्लामा २८ हजार ७५४ र डोल्पामा २० हजार ७९२ मतदाता छन्। 

०७४ को निर्वाचनमा प्रदेशभर कुल मतदाताको संख्या ८ लाख ४७ हजार ३२७ जना थियो। थपिएका मतदाताको संख्या भने प्रारम्भिकमात्र हो। अद्यावधिक कार्य नसकिएका कारण यसलाई अन्तिम मान्न नसकिने सम्बन्धित निर्वाचन कार्यालयहरुले जनाएका छन्।

Metro Mart
vianet

मतदाताको अन्तिम टुंगो लगाउन मतदाता नामावलीे अद्यावधिक गर्ने, मतदाता नामावलीमा नाम बिग्रिएको भए सच्याउने, मतदाता नामावलीमा हुने दोहोरोपना तथा त्रुटि घटाउने, हालसम्म जिल्लामा संकलित मतदाता नामावलीलाई वैधानिकता दिने र अद्यावधिक मतदाता नामावली तयार गर्ने लगायतका काम गरिरहेको छ। मतदाता बढेसँगै प्रदेशभर मतदान केन्द्र तथा मतदान स्थलहरु पनि थपिने भएका छन्।

सरकारले आगामी वैशाख १७ र २७ गते घोषणा गरेको निर्वाचन कार्यतालिका अनुसार सम्बन्धित जिल्ला निर्वाचन कार्यालयहरुले मध्यावधिक, निर्वाचन शिक्षा, मतदान केन्द्र तथा स्थलहरुको हेरफेर लगायतका कार्यहरु गर्दै आएका छन्।

कर्णालीका दश वटै जिल्लामा आयोगले निर्वाचन केन्द्रित गतिविधि सुरु गरेका छन्। कार्यालयहरुले राजनीतिक दलहरुसँग छलफल तथा अन्तरक्रिया, मतदान केन्द्र, मतदानस्थलको थप घट र विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम थालेका छन्।

गाउँमै पुगेर मतदाता नामावलीमा भएका त्रुटि सच्याउने, मृत्यु भएकाहरुको नामावली हटाउने लगायतका कामहरु थालेको निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ। निर्वाचनको टोलीले नामावलीमा कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकामा एक स्थानमा मात्र कायम गर्ने, प्रकाशित निर्वाचन नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका वा नागरिकता रद्द भएका व्यक्तिको वितरण स्थानीयबाट प्राप्त गर्ने, कसैको नामावली सम्बन्धमा उजुरी परेको खण्डमा प्रमाणसहित सफाइको मौका दिने जस्ता कार्यक्रम भइरहेको सुर्खेतका अधिकारी निर्मला रेग्मीले जानकारी दिइन्। 

विद्यालय केन्द्रित निर्वाचन शिक्षा

निर्वाचनलाई सफल र मताधिकार खेर जान नदिने उद्देश्यले आयोगले हरेक जिल्लाहरुमा निर्वाचन शिक्षा सुरु गरेको छ। निर्वाचनमा मतदाता सहभागिता बढाउन, बदर मत घटाउन, निर्वाचनको महत्व बुझाउन र आफूले इच्छाएको उम्मेदवारलाई मत दिन सक्षम बनाउने उद्देश्यले अभियान सुरु गरिएको हो।

जसअन्तर्गत विभिन्न क्याम्पस तथा स्कुलहरुमा निर्वाचन शिक्षा कार्यक्रम सुरु गरिएको छ। कर्णालीका दश जिल्लामध्ये केही जिल्लामा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ। हालसम्म सुर्खेत, सल्यान र रुकुम पश्चिममा र दैलेखमा वटा विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम सुरु भएका हुन्। जाजरकोटमा भने निर्वाचन शिक्षा कार्यक्रम सम्पन्न भइसकेको निर्वाचन अधिकारी डिलबहादुर कार्कीले जानकारी दिए।

कालिकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगुमा भने निर्वाचन शिक्षा कार्यक्रम सुरु हुन सकेको छैन। मुगु, हुम्ला र डोल्पामा चिसो मौसमका कारण विद्यालय बन्द भएपछि निर्वाचन शिक्षा कार्यक्रम सुरु हुन नसकेको हो। ती जिल्लामा विद्यालय खुलेपछि निर्वाचन शिक्षा कार्यक्रम हुनेछ। आयोगका अनुसार कर्णालीका १५० भन्दा बढी विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम गर्नुपर्ने छ।

प्रकाशित: Jan 26, 2021| 12:34 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।