शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ। 
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

काठमाडौं– सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ। 

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले मंगलबार छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका हुन्। 

आचार्यको रिट ५२२१ नम्बरमा र न्यौपानेको ५२२६ नम्बरमा दर्ता भएको छ।

प्रधानमन्त्री ओलीले ९ माघमा सार्वजनिक कार्यक्रममा प्रतिनिधिसभा विघटनविरुद्ध बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिलले अदालतमा तमासा’ देखाएको भन्दै टिप्पणी गरेका थिए। 

मुद्दामा प्रधानमन्त्रीले सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ भनेको र कानुन व्यवसायीको अपमान गरेको भन्दै हदैसम्मको सजाय माग गरिएको छ। 

अवहेलना मुद्दाको लागि वरिष्ठ अधिवक्ता आचार्य आइतबार नै अदालत पुगेका थिए। सर्वोच्चले तीन दिनपछि आज मुद्दा दर्ता गरेको छ। 

प्रकाशित: Jan 26, 2021| 09:25 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।