सोमबार, चैत २, २०८२

चार जोडीले जिते ‘बन्जी कपल च्यालेन्ज’

पोखरा–२४ हेम्जामा रहेको हाइग्राउन्ड एडभेन्चर्सले दुई साताअघि सुरु गरेको ‘कपल बन्जी च्यालेन्ज’ मा चार जोडी विजेता बनेका छन्।
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

पोखरा– पोखरा–२४ हेम्जामा रहेको हाइग्राउन्ड एडभेन्चर्सले दुई साताअघि सुरु गरेको ‘कपल बन्जी च्यालेन्ज’ मा चार जोडी विजेता बनेका छन्।

National life

कोभिड–१९ का कारण लामो समयदेखि बन्द बन्जीमा जोडीको आकर्षण बढाउन कम्पनीले माघ १ देखि १३ गतेसम्म देशभरबाट च्यालेन्जमा सहभागी हुन आह्वान गरेको थियो। 

प्रतियोगितामा करिब पाँच सय जनाले सहभागिता जनाएको कम्पनीका पोखरास्थित शाखा प्रबन्धक दिनेश महर्जनले जानकारी दिए। 

उनले भने, ‘कोभिड–१९ कारण बन्द बन्जी असोज १९ देखि सञ्चालनमा आएको हो। आन्तरिक पर्यटकको रोजाइमा बन्जी परेको छ भने जोडीको आकर्षण पनि बढिरहेको छ। त्यसैले हामीले कपल बन्जी च्यालेन्जका लागि देशभरबाट आह्वान गरेका थियाैं।'

उनले पाँच सय जनाले सहभागिता जनाएको र गोलाप्रथामार्फत चार जना विजेता बनेको बताए।  उनका अनुसार हाइग्राउन्ड बन्जी नेपालको पहिलो टावर बन्जी र एसियामा पहिलो व्यावसायिक टेन्डम बन्जी हो। 

Laxmi sunrise bank
kumari

लक्की ड्रबाट काठमाडौंका आयुष शाक्य, पोखराकी प्रीति गुरुङ, बुटवलका अनुप खड्का र काठमाडौंका राजश्रीको जोडी विजेता बन्न सफल भएका छन्। 

कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले आन्तरिक पर्यटकलाई साहसिक खेलमा आकर्षण गर्ने यस्ता कार्यक्रम सहयोगी हुने बताए। 

उनले भने, ‘अहिले सुस्ताएको पर्यटनलाई उकास्न एउटा आधार भनेकै आन्तरिक पर्यटक हो, पोखरा साहसिक खेलको सहर पनि भएकाले यहाँँ एडभेन्चर्स स्पोटर्स टुरिज्मको पनि प्रशस्त सम्भावना छ, यसलाई प्रवद्र्धन गर्न पर्यटक लक्षित कार्यक्रम गर्नुपर्छ।’

उनले यस्ता पर्यटक लक्षित कार्यक्रमले पोखरा खुला र सुरक्षित छ भन्ने सन्देश दिने बताए।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष सुशीलराज पौडेलले साहसिक खेलमा रुचि राख्नेका लागि पनि पोखरा उत्कृष्ट गन्तव्य रहेको बताए।

‘कल्चर नेचर र एड्भेन्चर्स’ पोखराको विशेषता रहेकाले यसलाई प्रवद्र्धन गर्न आवश्यक रहेको उनको भनाइ थियो। 

कम्पनीले पारदर्शिताका लागि ‘लक्की ड्र’ कार्यक्रमको कम्पनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरेको थियो।

महर्जनका अनुसार विजेताले पोखरा लेकसाइडको तीनतारे होटलमा एक रातका खाना बस्नको सुविधा र टेन्डम बन्जीको उपहार प्राप्त गरेका छन्। 

यसैगरी फ्रेब्रुअरी १४ अर्थात् प्रणय दिवसका अवसरमा पनि कम्पनीले माघ १४ गते देखि नै ‘गिभ अ वे’ कार्यक्रम सुरु गरेको छ। त्यसको नतिजा फेब्रुअरी १० मा सार्वजनिक गरिनेछ। प्रतिस्पर्धामा तीन जनालाई विजेता घोषणा गरिनेछ। 

प्रकाशित: Jan 26, 2021| 09:10 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।