शनिबार, भदौ २०, २०८३

प्रधानमन्त्री ओलीको समर्थनमा बुटवलमा प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राष्ट्रिय युवा संघ नेपालले मंगलबार बुटवलमा प्रदर्शन गरेको छ।
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

बुटवल– प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राष्ट्रिय युवा संघ नेपालले मंगलबार बुटवलमा प्रदर्शन गरेको छ।

प्रधानमन्त्री ओलीले घोषणा गरेको मध्यावधि निर्वाचन मुलुकको हितमा हुने भन्दै ओली पक्षका युवाले बुटवलमा मोटरसाइकल र्‍यालीसहित शक्ति प्रदर्शन गरेका हुन्।  

बुटवलस्थित राजमार्ग चौराहाबाट युवा संघले प्रदर्शन गर्दै सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनको प्रांगणमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ। 

प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्रीका पक्षमा नाराबाजी गरेका थिए। भेलामा नेकपा ओली पक्षका लुम्बिनी इन्चार्ज तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेताहरु महेश बस्नेत, लिला गिरी लगायतले सम्बोधन गर्ने तय भएको युवा संघ नेता किरण गौतमले जानकारी दिए।

प्रकाशित: Jan 26, 2021| 09:05 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।