शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संवैधानिक इजलासमा न्यायाधीश थप्न माग, प्रधानन्यायाधीशले भने– बस्ने ठाउँ नै छैन

संवैधानिक इजलासमा न्यायाधीश थप्न माग, प्रधानन्यायाधीशले भने– बस्ने ठाउँ नै छैन

वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्च अदालतको संवैधानिक इजलासमा न्यायाधीशको संख्या थप्नुपर्ने माग गरेका छन्।
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

काठमाडौं– वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्च अदालतको संवैधानिक इजलासमा न्यायाधीशको संख्या थप्नुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि भइरहेको बहसमा भाग लिँदै थापाले यस्तो माग गरेका हुन्। थापाले भने, ‘पाँच जनाको इजलासप्रति म विश्वस्त छु। यत्तिको विवादमा ५ जना न्यायाधीश पर्याप्त हो। तर, ठूलो विवाद भएमा संख्या थप्नुपर्ने हुनसक्छ। वकिलको संख्या पनि थप्न सकिन्छ।’

जवाफमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशको संख्या थप्नुपर्ने महसुस आफूहरुलाई पनि भए पनि भौतिक पूर्वाधारको अभाव रहेको बताए। उनले भने, ‘५ जना न्यायाधीश बसिराखेको ठाउँमा ९–१० जना कहाँबाट राख्नू !’ 

गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध सर्वोच्चमा १३ वटा रिट परेका थिए। रिट निवेदकहरुले यो विषय निकै महत्वपूर्ण भएकोले बृहत् पूर्ण इजलासमा लैजानुपर्ने माग गरेका थिए। यसबारे लामै बहस भएपछि संवैधानिक इजलासले गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएकाले बृहत् पूर्ण इजलासमा लैजानु नपर्ने आदेश दिएको थियो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन्।

प्रकाशित: Jan 26, 2021| 08:16 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।