काठमाडौं - वरिष्ठ अधिवक्ता शम्भु थापाले आज संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गरे।
बहसका क्रममा उनले प्रधानमन्त्रीलाई संसद् विघटनको सिफारिस गर्ने अधिकार नभएको बताए।
उनले प्रधानमन्त्रीले राजीनामा दिएपछि मात्रै वैकल्पिक सरकारको विकल्प हुने बताएका छन्।
बहसको अन्त्यमा भने उनले सायरी सुनाए। त्यो पनि मिर्जा गालिबको।
जला है जिस्म जहाँ दिल भी जल गया होगा
कुरेदते हो जो अब राख जुस्तुजू क्या है।
उनले सायरीमार्फत् संसद् विघटनले संविधान, लोकतन्त्र र अहिलेसम्मको उपलब्धि नै समाप्त भएको रूपमा ब्याख्या गरेका हुन्।