शनिबार, भदौ २०, २०८३

नागरिक आन्दोलनमाथिको दमनले झन् ऊर्जा थपियो : पौडेल  

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकार नागरिकमाथि निर्लज्ज रुपमा प्रस्तुत भएको बताएका छन्।  
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकार नागरिकमाथि निर्लज्ज रुपमा प्रस्तुत भएको बताएका छन्।  

सोमबार नागरिक आन्दोलनमाथि भएको दमनको विरोध गर्दै उनले हरेक प्रतिगामी शासक र तानाशाह अन्तिम समयमा बर्बराउने गरेको बताएका छन्। 

‘प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको छ। हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बर्बराउने गर्छन्,’ पौडेलले भनेका छन्,  ‘जसरी अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ।’ 

उनले सोमबारको दमनले नागरिकलाई थप उर्जा प्रदान गर्ने बताउँदै प्रतिगमन विरुद्धका सबै आन्दोलनमा आफ्नो समर्थन रहेको बताएका छन्। ‘सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरी दमनमा उत्रने गर्छन्, जसरी सोमबार प्रबुद्ध नागरिकमाथि प्रहार भयो,’ उनले भनेका छन्, ‘तर, दमनले नागरिकलाई थप उर्जा प्रदान गर्दछ। अझै प्रतिमनसँग डटेर लड्नका लागि प्रतिगमन विरुद्धका सबै आन्दोलनमा मेरो साथ र सर्मथन रहनेछ।’ 

नेता पौडेलले  लोकतन्त्र र लोकतान्त्रिक संविधानको रक्षाका लागि हुने आन्दोलनमा आफैं अघिल्लो मोर्चामा रहने बताएका छन्।

प्रकाशित: Jan 26, 2021| 07:32 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।