शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘नागरिक अभियन्तामाथिको प्रहरी दमन अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्य’ 

‘नागरिक अभियन्तामाथिको प्रहरी दमन अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्य’ 

वरिष्ठ पत्रकार नारायण वाग्ले, मानवअधिकारकर्मी कृष्ण पहाडीलगायतमाथि भएको दमनप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

काठमाडौं– प्रतिनिधिसभा विघट विरोधमा नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनमा सहभागी वरिष्ठ पत्रकार नारायण वाग्ले, मानवअधिकारकर्मी कृष्ण पहाडीलगायतमाथि भएको दमनप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।

नागरिक आन्दोलन र मानवअधिकारवादीले सोमबार कमलपोखरीमा गरेको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले लाठी र पानीका फोहरा प्रहार गर्दा सहभागी वरिष्ठ पत्रकार वाग्ले, मानवअधिकारकर्मी पहाडीलगायत दर्जनभन्दा बढी घाइते भएका थिए।

महासंघले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘शान्तिपूर्ण र स्वतन्त्र रूपमा प्रदर्शनमा उत्रिएका मानव अधिकारवादी र नागरिक अभियन्तामाथि भएको प्रहरीको यो दमन अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्य हो।’

प्रहरीको बर्बर दमनले नागरिकको अधिकारमाथिसमेत गम्भीर आघात पुगेको महासंघको ठहर छ। 

विज्ञप्तिमा भनिएको छ, ‘महासंघ सरकारको यो अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्यको भर्त्सना गर्दछ।’

महासंघले संविधानले सुनिश्चित गरेको नागरिकको अधिकारको रक्षा गर्न, विधिको शासन र कानुनी राजको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

महासंघले आगामी दिनमा यस्ता दमनकारी कार्य नदोर्‍याउन सरकारलाई चेतावनी दिएको छ।

प्रकाशित: Jan 26, 2021| 07:11 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।