मंगलबार, चैत १०, २०८२

कर्णालीका १२ वटा अस्पतालमा कोरोनाविरुद्धको खोप लगाइने

कर्णाली प्रदेशमा १२ वटा अस्पतालमा कोरोनाविरुद्धको खोप लगाइने भएको छ। 
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

सुर्खेत - कर्णाली प्रदेशका १२ वटा अस्पतालमा कोरोनाविरुद्धको खोप लगाइने भएको छ। 

National life

आठवटा जिल्ला अस्पताल, दुईवटा सामुदायिक अस्पताल, एउटा शिक्षण अस्पताल र एउटा प्रदेश अस्पताल गरी १२ वटा अस्पतालमा कोरोनाविरुद्धको खोप लगाइने छ।

ती अस्पतालमा ‘कोरोना खोप केन्द्र’ तोकिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्ला, चौरजहारी सामुदायिक अस्पताल रुकुमपश्चिम र मेहलकुना सामुदायिक अस्पताल सुर्खेतमा कोरोनाविरुद्धको खोप लगाइने छ।

त्यस्तै जिल्ला अस्पतालहरू (मुगु, कालीकोट, हुम्ला, डोल्पा, जाजरकोट, रुकुमपश्चिम, सल्यान र दैलेख) मा पनि कोरोनाविरुद्धको खोप लगाइने छ।

Laxmi sunrise bank
kumari

भोलिदेखि लगाउन सुरु गरिने कोरोना खोपहरू आज साँझसम्म सबै जिल्लामा पुगिसक्ने प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्काले जानकारी दिए।

हाल मेडिकल स्टोर नेपालगञ्जमा राखिएका कोरोना खोपहरू डोल्पा, हुम्ला, जुम्ला र मुगमा जहाजबाट सम्बन्धित जिल्लामा ढुवानी गरिने छ।

त्यस्तै कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा स्थलमार्गबाट आज नै ढुवानी गरिने निर्देशनालयले जनाएको छ।

सुर्खेतमा भने हिजो नै कोरोनाविरुद्धको खोप आइपुगेको छ।

भारतले उपलब्ध गराएका खोपमध्ये ११ हजार ७८० डोज खोप स्वास्थ्य मन्त्रालयले कर्णाली प्रदेशका लागि उपलब्ध गराएको छ। जसमध्ये सुर्खेतमा सबभन्दा बढी अर्थात् दुई हजार ७८१, दैलेखमा दुई हजार, जुम्लामा एक हजार ७०२, कालीकोटमा एक हजार २१, जाजरकोटमा एक हजार १०५, सल्यानमा एक हजार १२३, मुगुमा ५४७, डोल्पामा ५११, रुकुम पश्चिममा ५०० र हुम्लामा ४५० डोज खोप बाँडफाँड गरिएको निर्देशनालयले जनाएको छ।

पहिलो चरणमा बुधबारदेखि १० दिनभित्र खोप लगाइसक्नु पर्नेछ। 

पहिलो चरणमा कोरोना नियन्त्रण तथा उपचारका लागि खटिएका फ्रन्टलाइनर्स (स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविका) का लागि खोप लगाउने तयारी गरिएको छ।

खोप लगाउनेहरूको तथ्याङ्क यकीन भइसकेको छैन। कोरोना नियन्त्रणका लागि अंग्रपंक्तिमा खटिएकामध्ये इच्छुकले मात्रै खोप लगाउन सक्ने निर्देशनालयले जनाएको छ।

पहिलो खोप लगाएको चार हप्तापछि दोस्रो खोप लगाइने छ। 

कर्णालीमा दोस्रो चरणका लागि करिब २४ हजार डोज खोप माग गरिएको छ।

प्रकाशित: Jan 26, 2021| 05:26 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्