शनिबार, भदौ २०, २०८३

गंगामायाको जीवनरक्षाका लागि खबरदारी

१२ औं पटक आमरण अनशनमा बसेकी गंगामाया अधिकारीको जीवन रक्षाको माग गर्दै मंगलबार बिहान वीर अस्पतालमा धर्ना कार्यक्रम आयोजना गरिएको छ।
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

काठमाडौं– १२ औं पटक आमरण अनशनमा बसेकी गंगामाया अधिकारीको जीवन रक्षाको माग गर्दै मंगलबार बिहान वीर अस्पतालमा धर्ना कार्यक्रम आयोजना गरिएको छ। 

द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादीद्वारा हत्या गरिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्यारा पहिचान गरी कारबाहीको माग गर्दै गंगामाया लामो समयदेखि वीर अस्पतालमा अनशनमा छिन्। उनको अवस्था गम्भीर बन्दै गएको छ।

उनको माग सम्बोधन गर्न र जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराउन द्वन्द्वपीडित साझा चौतारीले धर्ना आयोजना गरेको हो। 

धर्ना कार्यक्रममा सम्बोधन गर्दै पत्रकार तथा नागरिक अभियन्ता कनकमणि दीक्षितले गंगामायाको मागप्रति सरकार उदासीन रहेको आरोप लगाए। उनले सरकार जबाफदेही बनेर अभिभावकत्व प्रदान गर्न नसक्दा गंगामाया जस्ता धेरै पीडितले न्याय नपाएको बताए। 

उनले भने, 'पीडितका नाममा नेताले राजनीति मात्र गरे। तर अभिभावकत्व प्रदान गरेर न्याय दिलाउन सकेनन्।’ उनले गंगामायाको जीवन रक्षाका लागि संवेदनशील बन्न सरकारलाई आग्रह गरे।' 

अर्का अभियन्ता अधिवक्ता इन्द्र अर्यालले पीडितलाई न्याय दिन सरकारले विलम्ब गरेको भन्दै आपत्ति जनाए।

चौतारीकी अध्यक्ष मैना कार्कीले द्वन्द्वपीडितले न्याय नपाएसम्म आन्दोलन जारी रहने बताइन्। गंगामाया पछिल्लो पटक अनशमा बसेको एक महिनाभन्दा बढी समय भइसकेको छ। तर सरकारले अहिलेसम्म अधिकारीको माग सम्बोधनका लागि कुनै पहल भएको छैन।
 

प्रकाशित: Jan 26, 2021| 05:15 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।