मंगलबार, चैत १०, २०८२

कोरोनाविरुद्धको खोप आजदेखि लुम्बिनी प्रदेशका जिल्लामा पठाइँदै

लुम्बिनी प्रदेशका लागि आएको कोरोनाविरुद्धको खोप जिल्लामा पठाउन थालिएको छ। 
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

बुटवल - लुम्बिनी प्रदेशका लागि आएको कोरोनाविरुद्धको खोप जिल्लामा पठाउन थालिएको छ। 

National life

मंगलबारदेखि लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा कोरोनाविरुद्धको खोप पठाउन सुरु गरिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निर्देशक दिनेशकुमार चापागाईले जानकारी दिए। 

भारत सरकारले उपलब्ध गराएको १० लाखमध्ये ३९ हजार ४९५ जनाका लागि ८७ हजार ६७९ डोज लुम्बिनी प्रदेशमा आएको हो।  

आइतबार मध्यरातमा बुटवल आइपुगेको खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा राखिएको थियो। 

केन्द्रले मंगलबार र बुधबार १२ वटै जिल्लामा खोप पठाइसक्ने जनाएको छ। जिल्लास्थित स्वास्थ्य कार्यालयको अन्य खोपलाई जस्तै गरी सुरक्षितरूपमा राखिने निर्देशक चापागाईले बताए। 

Laxmi sunrise bank
kumari

उनका अनुसार पहिलो चरणमा तराईका ६ जिल्ला बाँके, बर्दिया, दाङ, रुपन्देही, कपिलवस्तु र नवलपरासीमा खोप कार्यक्रम सुरु हुनेछ। 

त्यसपछि दोस्रो चरणमा पहाडी जिल्लाहरूमा कोरोनाविरुद्धको खोप दिइने छ। ‘तराईका केही जिल्लामा भोलिदेखि खोप कार्यक्रम सुरु हुन्छ,’ निर्देशक चापागाईले भने। 

खोप कार्यान्वयनको सम्बन्धमा आइतबार संघीय सरकारको स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्यसँग सम्बन्धित निकायहरूका बीचमा भर्चुअल छलफल भएको थियो। 

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले माघ १४ देखि १८ गते खोप कार्यक्रम सुरु गर्ने जानकारी दिए। कोरोनाविरुद्धको खोपको प्राथमिकतामा फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलाई राखिएको छ। 

रुपन्देहीमा धेरै डोज 

लुम्बिनी प्रदेशमा आएको कोरोनाविरुद्धको खोप १२ जिल्लामध्ये रुपन्देहीका लागि धेरै डोज छुट्याइएको छ। 

जनसंख्या धेरै र कोरोनाको जोखिमलाई हेरेर रुपन्देहीका लागि ३३ हजार ४२० डोज छुट्याइएको हो।

बाँकेका लागि १७ हजार ९० डोज, दाङमा ६ हजार ५९०, कपिलवस्तुमा चार हजार ५४०, बर्दियामा चार हजार ३६०, नवलपरासी पश्चिममा दुई हजार ३८०, अर्घाखाँचीमा तीन हजार ८५०, प्युठानमा दुई हजार ३६० डोज छुट्याइएको छ। 

त्यसैगरी रुकुमपूर्वमा दुई हजार ४०, गुल्मी चार हजार १८०, पाल्पामा पाँच हजार ४६० र रोल्पामा दुई हजार ४२० डोज कोरोनाविरुद्धको खोप छुट्यााएर जिल्ला पठाउन थालिएको छ। 

प्रकाशित: Jan 26, 2021| 05:09 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्