शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खोटाङमा निजी आवास पुनर्निर्माणको काम ७५ प्रतिशत मात्र सम्पन्न

खोटाङमा निजी आवास पुनर्निर्माणको काम ७५ प्रतिशत मात्र सम्पन्न

१० स्थानीय तह रहेको खोटाङ जिल्लामा निजी आवास पुनर्निर्माणको काम ७५.०८ प्रतिशत मात्र सम्पन्न भएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

खोटाङ – १० स्थानीय तह रहेको खोटाङ जिल्लामा निजी आवास पुनर्निर्माणको काम ७५.०८ प्रतिशत मात्र सम्पन्न भएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

नेपालमा भूकम्प गएको पाँच वर्षपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सोमबार खोटाङको दिक्तेल बजारमा आयोजना गरेको निजी आवास पुनर्निर्माणसम्बन्धी जिल्लास्तरीय अन्तर्क्रिया कार्यक्रममा प्राधिकरणले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो।

२०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त ९ हजार ३१० लाभग्राहीमध्ये सात हजार ३९८ घर लाभग्राहीले पुनर्निर्माणको काम सम्पन्न गरेर तेस्रो किस्तासमेत लिएको जनाइएको छ। 

पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ खोटाङका अनुसार २४२ घर लाभग्राहीले अहिलेसम्म आफ्नो निजी आवास पुनर्निर्माणका लागि सम्झौता नै नगरेको जनाइएको छ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आठ हजार ६० लाभग्राहीले दोस्रो किस्ता लिएको पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ खोटाङका प्रमुख घनश्याम उपाध्यायले बताए। 

‘दोस्रो किस्ता बुझ्ने अधिकांश लाभग्राहीले आफ्नो घर पुनर्निर्माणको काम सम्पन्न गरिसकेका छन्’, उनले भने, ‘पुनर्निर्माणको काम सकेका लाभग्राहीलाई तेस्रो किस्तासमेत दिने काम भइरहेको छ।’

झुटो विवरण पेस गरेर सम्झौता गरी पहिलो किस्ता बुझ्ने एकजनाबाट रकम फिर्ता तथा दोहोरो भुक्तानी लिने तीन लाभग्राहीबाट रकम असुल गरिएको जनाइएको छ।

यस्तै भूमिहीनलाई जग्गा खरिद गर्न उपलब्ध गराइने दुई लाख रूपैयाँका लागि जिल्लाभरमा पाँचजना पहिचान भएकामा चारजनाले उक्त रकम बुझेको र बाँकी एकजनासँग पनि सम्झौताको काम सम्पन्न गरिएको कार्यान्वयन एकाइका सूचना अधिकारी मणिराम ढकालले जानकारी दिए। 

पुनर्निर्माण प्रबलीकरणतर्फ ९७१ घर लाभग्राही छनोट भएकामध्ये ७८५ घरले सम्झौता गरेर काम थालेको र १८६ घरले सम्झौता नै नगरेको जनाइएको छ।

सम्झौता नगर्नेमा अधिकांश जिल्ला छाडेर बाहिर घर बनाएर बसेका तथा कतिपय लाभग्राहीको मृत्युसमेत भएको पाइएको प्राधिकरणले जनाएको छ। रासस

प्रकाशित: Jan 26, 2021| 03:15 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।