मंगलबार, साउन १९, २०८३

कांग्रेसद्वारा एमबीबीएसको वृद्धि गरिएको शुल्क फिर्ता गर्न माग

नेपाली कांग्रेसले चिकित्सा शिक्षा आयोगले एमबीबीएसको शुल्क बढाएको निर्णयको भत्सर्ना गर्दै वृद्धि गरिएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको छ।
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

काठमाडौं। नेपाली कांग्रेसले चिकित्सा शिक्षा आयोगले एमबीबीएसको शुल्क बढाएको निर्णयको भत्सर्ना गर्दै वृद्धि गरिएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको छ।

कांग्रेसको शिक्षा केन्द्रीय विभागको सोमबार बसेको बैठकले प्रधानमन्त्री स्वयं अध्यक्ष रहेको आयोगको निर्णय सरकारले डा. गोविन्द केसीसँग गरेको सम्झौताको मर्म विपरीत रहेको ठहर गरेको छ।

विभागले गत वर्षसम्म एमबीबीएसको शुल्क ४० लाख २३ हजार २५० रूपैयाँ रहेकामा आव २०७७/७८ मा आयोगले आठ लाख रूपैयाँ वृद्धि गरेर ४८ लाख शुल्क पुर्‍याएको जनाएको छ।

बैठकले आयोगले मनोमानीरूपमा बढाएको शुल्क अविलम्ब फिर्ता गरी पुरानै शुल्क कायम गर्न सरकारसँग माग गरेको विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए। रासस

प्रकाशित: Jan 26, 2021| 01:18 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्