शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तराईमा हुस्सु र कुहिरो, प्रदेश १ का हिमाली जिल्लामा तीन दिनसम्म हिमपातकाे सम्भावना

तराईमा हुस्सु र कुहिरो, प्रदेश १ का हिमाली जिल्लामा तीन दिनसम्म हिमपातकाे सम्भावना

आगामी तीन दिनसम्म प्रदेश १ का उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

काठमाडौं - आगामी तीन दिनसम्म प्रदेश १ का उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले दिउँसोसम्म हिमपात हुने भए पनि राति भने मौसम सामान्यतया सफा रहने जनाएको छ। 

आज प्रदेश १ र गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना छ। 

माघ १४ र १५ गते पनि प्रदेश १ का उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुने सम्भावना रहेको महाशाखाको भनाइ छ। 

यस्तै उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुने र तराईका जिल्लाहरुमा बिहानीपख हुस्सु र कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ। 

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाको भनाइ छ।

प्रकाशित: Jan 26, 2021| 01:01 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।