शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बृहत् नागरिक आन्दोलनका तर्फबाट तेस्रो जनआन्दोलन घोषणा

बृहत् नागरिक आन्दोलनका तर्फबाट तेस्रो जनआन्दोलन घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमनविरुद्ध संघर्षरत बृहत् नागरिक आन्दोलनले तेस्रो जनआन्दोलनको घोषणा गरेको छ। 
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमनविरुद्ध संघर्षरत बृहत् नागरिक आन्दोलनले तेस्रो जनआन्दोलनको घोषणा गरेको छ। 

नागरिक आन्दोलनका क्रममा सोमबार बालुवाटार क्षेत्रमा भएको प्रहरी दमनको विरोध गर्दै बृहत् नागरिक आन्दोलनका तर्फबाट युग पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'नागरिकले गरेको शालीन र शान्तिपूर्ण अभियानलाई प्रहरीले नै बलतफ्ती मुठभेडमा परिणत गरेको थियो। यसरी सरकारी रबैयाको बृहत् नागरिक आन्दोलन घोर भर्त्सना गर्दछ। यसै विज्ञप्तिमार्फत सबै खाले राजनीतिक एवम् सांस्कृतिक प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन तेस्रो जनआन्दोलन घोषणा गर्दछ।'

सोमबार भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरी दमनबाट दर्जनौं व्यक्ति घाइते भएको विज्ञप्तिमा जनाइएको छ।

घाइतेमध्ये संघर्ष दाहाल, कुमार बर्तौला, सीएन थारु, स्वर्णिम दिनेश, रामनरेश यादव, रमेश भट्टराई लगायतको बागबजारस्थित काठमाडौं मोडेल, हेल्पिङ ह्यान्डस र ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।

यस्तै गम्भीर घाइते निर्गराज जैसी, जनक ढुंगाना, सुरज तामाङ, कुलदीप शर्मा, सुनिल श्रेष्ठ र गोविन्द भण्डारीको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

शान्तिपूर्ण भेला र मार्चमा भएको प्रहरी दमनले केपी ओली नेतृत्वको हतास मनोदशा र दमनकारी चरित्र उजागर गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Jan 25, 2021| 14:54 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।