शनिबार, असार २७, २०८३

पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने

पोखरामा राष्ट्रियस्तरको महिला तथा पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ।
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

पोखरा- पोखरामा राष्ट्रियस्तरको महिला तथा पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ २७ देखि फागुन १ सम्म पोखरा रंगशालामा प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसीप भलिबल प्रतियोगिता हुने भएको हो। 

प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ४ गरी ८ टिमले भाग लिने पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए। 

उपाधि विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, द्वितीयले ७५ हजार र तृतियले ३५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। सान्त्वनालाई १५ हजार प्रदान गरिनेछ। 

सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही २० हजार प्राप्त गर्नेछन्। त्यस्तै, महिला तथा पुरुषतर्फ उत्कृष्ट सर्भर, सेटर, ब्लकर, डिफेन्डर तथा स्पाइकरले समान ५ हजार पाउनेछन्। 

प्रतियोगितामा ३० लाख आम्दानी र २५ लाख खर्च हुने अनुमान रहेको अध्यक्ष शर्माले जनाए। बचत रकम सामाजिक, खेल क्षेत्र र खेलाडीको सहयोगमा खर्च गरिने उनले बताए।  

पुरुषतर्फ सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र गण्डकी प्रदेशले भाग लिने छन्। महिलातर्फ सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी काठमाडौं र न्यु डायमन्डको सहभागिता हुनेछ। 

खेल सिंगल राउन्ड रोबिन लिग आधारमा सञ्चालन हुने भलिबलका अन्तर्राष्ट्रिय रेफ्री टहलसिंह थापाले जानकारी दिए। पहिलो चरणका खेलका लागि १ सय, सेमिफाइनल १ सय ५० र फाइनलमा २ सय रुपैयाँ टिकट तोकिएको आयोजकले जनाएको छ।

प्रकाशित: Jan 25, 2021| 14:53 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।