शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा दाहाल–नेपाल समूहद्वारा बालुवाटारमा भएको दमनको विरोध

नेकपा दाहाल–नेपाल समूहद्वारा बालुवाटारमा भएको दमनको विरोध

बालुवटारमा बृहत नागरिक आन्दोलनले गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको दमनको नेकपाको दाहाल–नेपाल समूहले विरोध गरेको छ।
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

काठमाडौं- बालुवटारमा बृहत नागरिक आन्दोलनले गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको दमनको नेकपाको दाहाल–नेपाल समूहले विरोध गरेको छ।

सोमबार प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमकाविरुद्ध वृहत नागरिक आन्दोलनले आयोजना गरेको वालुवाटार मार्चको शान्तिपूर्ण कार्यक्रममा सरकारले निर्मम रुपमा दमन गरेको थियो।

‘शान्तिपूर्ण प्रदर्शनमा लाठ्ठी चार्ज गरी क्रुर दमन गरेकोमा हाम्रो पार्टी घोर भर्त्सना गर्दछ।’

नेकपाको दाहाल–नेपाल समूहको केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

लोकतन्त्रको स्थापना र संविधान निर्माणमा नेपाली नागरिक समाजको ऐतिहासिक भूमिका अविस्मरणीय रहेको उल्लेख गर्दै नागरिक समाजका तिनै अगुवाहरुले आज संविधान र लोकतन्त्रको रक्षाको निम्ति संघर्षमा उत्रँदा गरिएको घोर दमनबाट सरकारको चरम अलोकतान्त्रिक एवं निरंकुश चरित्र उदाङ्गो भएको बताइएको छ।

यो दमनबाट यसबाट संघर्षको आवश्यकता र औचित्य झन बढेर गएको स्पष्ट भएको विज्ञप्तिमा जनाइएको छ।

‘तसर्थ हाम्रो पार्टी प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई खारेज गर्न, प्रतिगामी षड्यन्त्रलाई पूर्णरुपमा असफल पार्न र संविधान एवं लोकतन्त्रलाई रक्षा गर्न सम्पूर्ण राजनीतिक पार्टीहरु, नागरिक समाज र आम जनसमुदायलाई एकतावद्ध भएर संघर्षलाई अझ सशक्त रुपमा अगाडि बढाउन अपील गर्दछ।’ विज्ञप्तिमा भनिएको छ।

नेकपाले सरकारी दमनलाई चुनौति दिदै ‘नागरिक आन्दोलन’ ले सञ्चालन गरेको संघर्षप्रति उच्च सम्मान प्रकट गर्दै प्रहरी दमनबाट घाइते भएका सबै आन्दोलनकारीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

प्रकाशित: Jan 25, 2021| 14:28 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।