आइतबार, साउन १०, २०८३

चीनको सुनखानीमा फसेका ९ कामदार मृत भेटिए

चीनको एक सुनखानीमा २ हप्तादेखि फसेका ९ जना मृत भेटिएका छन्। हिजो ११ जनाको जिवितै उद्धार गरिएकै खानीबाट आज ९ जनाको शव निकालिएको हो।
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

एजेन्सी- चीनको एक सुनखानीमा २ हप्तादेखि फसेका ९ जना मृत भेटिएका छन्। हिजो ११ जनाको जिवितै उद्धार गरिएकै खानीबाट आज ९ जनाको शव निकालिएको हो।

शानदोङ प्रान्तको यान्ताई सहरका मेयर सुन खानीमा हराइरहेका ९ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। अझै हराइरहेको ठानिएका एकजना सम्पर्कमा छैनन्।

हुशान सुन खानीमा १० जनवरीमा विस्फोट भएर सुरुङमार्ग थुनिँदा २२ जना कामदार फसेका थिए।

‘आइतबार बिहानैदेखि उद्धारकर्मीहरुले निरन्तर उद्धारको काम जारी राखेका छन्। खोजी जारी रहँदा पछिल्लो पटक ९ जना भेटिएका छन्, दुर्भाग्यवश उनीहरु सबैको मृत्यु भएको पाइएको छ’ मेयर चेन फेईले भनेका छन्।

यसअघि बिहीबार एक कामदार मृत भेटिएका थिए। आज भेटिएका ९ जनाको शव पनि खानीबाट बाहिर निकालिएको छ।

प्रकाशित: Jan 25, 2021| 13:52 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।