शनिबार, भदौ २०, २०८३

कोरोना भाइरसविरुद्धको खोप धनगढी पुग्यो 

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप धनगढी पुगेको छ। 
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

धनगढी- भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप धनगढी पुगेको छ। 

सुदूरपश्चिम प्रदेशका लागि संघीय सरकारको स्वास्थ्य सेवा विभागले रेफ्रिजेटर भ्यानमार्फत् पठाएको खोप अहिले धनगढीस्थित प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको खोप भण्डारण कक्षमा भण्डारण गरिएको छ। 

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीका निमिक्त निर्देशक पदम बिष्टले आज ३६ हजार डोज खोप पुगेको बताए।

प्रदेशको बैतडी, डोटी, डडेल्धुरामा भोलि नै पुर्‍याउने र बाजुरा, दार्चुला र बझाङमा भने सके भोलि नत्र पर्सिसम्म खोप पुर्‍याउने लक्ष्य रहेको निमित्त निर्देशक पदम बिष्टले बताए। 

उनले भोलि खोप पुगेको जिल्लामा पर्सिदेखि र पर्सि खोप पुगेको जिल्लामा जिल्लासँग समन्वय गरेर खोप लगाउने बताए। उनले पहिलो चरणमा १६ हजारलाई खोप लगाउने बताए।

प्रकाशित: Jan 25, 2021| 13:43 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।