शनिबार, भदौ २०, २०८३

टिप्परको ठक्करबाट २ जनाको घटनास्थलमै मृत्यु

महोत्तरीको गौशाला–सम्सी सडक खण्डअन्तर्गत पर्ने कठुधार चौकमा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ।
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

महोत्तरी- महोत्तरीको गौशाला–सम्सी सडक खण्डअन्तर्गत पर्ने कठुधार चौकमा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ।

औरही नगरपालिका–४ पर्ने कठुधार चौकनजिकै सम्सीबाट गौशालातर्फ आउँदै गरेको ना ८ ख ९८० नम्बरको टिप्परले ज ६ प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा औरही नगरपालिका–४ कठुधारका महबुल नदाफका १३ वर्षीय छोरा गुड्डु नदाफ र अर्का २० वर्षीय प्रमोद राम रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक रञ्जन मिश्रले बताए।

प्रहरीले ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

प्रकाशित: Jan 25, 2021| 13:15 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।