मंगलबार, भदौ २३, २०८३

चेल्सीका मुख्य प्रशिक्षक फ्रांक लाम्पार्ड बर्खास्त

इंग्लिस क्लब चेल्सीले मुख्य प्रशिक्षक फ्रांक लाम्पार्डलाई बर्खास्त गरेको छ।
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

काठमाडौं– इंग्लिस क्लब चेल्सीले मुख्य प्रशिक्षक फ्रांक लाम्पार्डलाई बर्खास्त गरेको छ। बीबीसीका अनुसार १८ महिनाअघि चेल्सीको प्रशिक्षण सम्हालेका लाम्पार्डलाई क्बलले बर्खास्त गरेको हो।

४२ वर्षीय लाम्पार्ड चेल्सीका पूर्व खेलाडी समेत हुन्। गत साता लेस्टर सिटीसँगको हारसँगै चेल्सी लिग अंक तालिकाको नवौं स्थानमा छ।

लाम्पार्डको नेतृत्वमा चेल्सीले पछिल्ला पाँच खेलमध्ये एक खेलमा मात्रै जित हात पारेको छ। उनको अन्तिम खेल आइतबार एफए कपको चौथो चरण अन्तर्गत च्याम्पियनसिप टोली लुटन विरुद्ध रह्यो। जुन खेलमा चेल्सी ३–१ गोलले विजयी बनेको छ। लाम्पार्ड तीन वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। उनले सन् २०१९ मा माउरिसियो सारीलाई प्रतिस्थापन गरेका थिए।

सन् २००१ देखि २०१४ सम्म चेल्सीबाट खेलेका उनले २११ गोल गरेका थिए। उनी चेल्सीका सर्वाधिक गोलकर्ता पनि हुन्। चेल्सीमा १३ सिजन खेलाडी जीवन बिताएका उनले ६४८ खेल खेलेका थिए। उनले ११ उपाधि समेत जितेका थिए। जसमा चार प्रिमियर लिग र एक च्याम्पियन्स लिग समेत समावेश छन्। 

लाम्पार्डको बहिर्गमनसँगै पीएजसीबाट हालै बर्खास्तीमा परेका थोमस टुचेल, युभेन्टसका पूर्व प्रशिक्षक मासिमिलियानो एलेग्री, आरबी लाइप्जिकका प्रशिक्षक युलियन नेगल्सम्यान चेल्सीको नयाँ प्रशिक्षक नियुक्त हुन सक्ने चर्चा खेल वृत्तमा छ।

प्रकाशित: Jan 25, 2021| 11:56 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।