काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ३३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधीमा देशभरबाट थप ४०१ जना संक्रमणमुक्त भएका छन्।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २४० छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुनेको संख्या २ हजार ११ पुगेको छ।