शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शान्तिपूर्ण प्रदर्शन गरिरहेका अभियन्तामाथि प्रहरी दमन

शान्तिपूर्ण प्रदर्शन गरिरहेका अभियन्तामाथि प्रहरी दमन

बालुवाटार बाहिर शान्तिपूर्ण प्रदर्शन गर्न उपस्थित भएका सामाजिक अभियन्ताहरुमाथि प्रहरीले दमन गरेको छ।
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

काठमाडौं- बालुवाटार बाहिर शान्तिपूर्ण प्रदर्शन गर्न उपस्थित भएका सामाजिक अभियन्ताहरुमाथि प्रहरीले दमन गरेको छ।

कमलपोखरीबाट माटोको टिका लगाएर बालुवाटार अगाडि शान्तिपूर्ण धर्नामा गएका अभियन्ताहरुमाथि प्रहरीले बिना जानकारी अचानक पानीको फोहोरा प्रहार गरेको हाे।

प्रतिनिधिसभा विघटनको विरोधमा शान्तिपूर्ण रुपमा धर्ना दिन पुगेका व्यक्तिहरुमाथि प्रहरीले पानीको फोहोराका साथै लाठी प्रहार गरेकाे थियो।

वरिष्ठ पत्रकार नारायण वाग्लेको नेतृत्वमा अभियन्ताहरु बालुवाटार पुगेका थिए  उनीहरुलाई प्रहरीले लखेट्दै भाटभटेनी पुर्‍याएको थियो।

अभियानमा लेखक सञ्जीव उप्रेती, युग पाठक लगायतका साहित्यकार र समाजसेवी सहभागी भएका थिए।

त्यसअघि आजै बिहान भएको नागरिक समाजको प्रदर्शनमा पनि प्रहरीले दमन गरेको थियो। उक्त प्रदर्शनमा सहभागी २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रकाशित: Jan 25, 2021| 12:20 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।