शनिबार, भदौ २०, २०८३

प्रदेश १ मा आइपुग्यो साढे ९ हजार भायल कोभिड खोप

प्रदेश १ मा कोभिड–१९ विरुद्धको करिब १० हजार भायल खोप आइपुगेको छ ।
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

विराटनगर– प्रदेश १ मा कोभिड–१९ विरुद्धको करिब १० हजार भायल खोप आइपुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले पहिलो चरणमा पठाएको ९ हजार ६०० भायल प्राप्त गरिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रशासकीय अधिकृत काशीराज पराजुलीले बताए। 

उनका अनुसार केन्द्रमा प्रदेश १ का १४ र प्रदेश २ का सिरहा र सप्तरी जिल्लाका लागि पनि खोप आएको हो। सुनसरी र मोरङले सोमबार नै खोप बुझिसकेको र अन्य जिल्लामा मंगलबार बिहान पठाइने प्रशासकीय अधिकृत पराजुलीले बताए। 

प्रदेश १ का १४ जिल्लाका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८५१ जना र १४ वटै जिल्लाका ७२५ सरसफाइ कर्मचारी गरी ३५ हजार ५७६ जनालाई कोभिड १९ विरुद्धको खोप लगाइँदै छ। 

प्रदेश १ का सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुमा ताप्लेजुङका १४ हजार ३, धनकुटाका ८३१, उदयपुरका १ हजार २३७, भोजपुरका १ हजार १७६, मोरङका १२ हजार ५६, इलामका १ हजार ६९०, ओखलढुंगाका १ हजार ३६६, खोटाङका १ हजार ६००, झापाका ४ हजार ९ सय ७७, तेह्रथुमका ७२३, संखुवासभाका ९४९, सोलुका ६८६, सुनसरीका ५ हजार २३३ र पाँचथरमा ९२४ लाई खोप लगाइने पराजुलीले बताए। 
 

प्रकाशित: Jan 25, 2021| 07:50 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।