शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माघ २३ मा ओली समूहकाे जनसभा, एक हजार १११ सदस्यीय परिचालन कमिटी गठन

माघ २३ मा ओली समूहकाे जनसभा, एक हजार १११ सदस्यीय परिचालन कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी (ओली समूह)ले माघ २३ गते काठमाडौंमा जनसभा गर्दैछ। 
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (ओली समूह)ले माघ २३ गते काठमाडौंमा जनसभा गर्दैछ। 

बागमती प्रदेश कमिटीको आयोजनामा काठमाडौंको रत्नपार्कमा जनसभा हुने भएको हो। 

जनसभाबारे जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बागमती प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले  जनसभाका लागि कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्य रहेको जनसभा परिचालन कमिटी गठन गरेको घोषणा गरेका छन्। 

माघ २१ गते ११ बजेदेखि मञ्चमा जनसभा सुरु हुनुपूर्व विभिन्न सांस्कृतिक कार्यक्रम गरिने उनको भनाइ छ। साथै माघ २१ गते १० हजार मोटरसाइकल र्‍यालीसमेत निकालिने उनी बताउँछन्। 

पोखरेलले जनसभामा लाखौंको उपस्थिति गराउने लक्ष्य पूरा गर्न मातहतमा कमिटीलाई निर्देशन पनि दिइएको बताए।

प्रकाशित: Jan 25, 2021| 07:48 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।