काठमाडौं– त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विभागीय क्लब एपीएफसँग २४१ रनको लक्ष्य पाएको छ।
आज (सोमबार) जारी खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले दुई बल बाँकी रहँदै आठ विकेट गुमाएर २४० रन बनाएको थियो। टस हारेर ब्याटिङमा आएको एपीएफका सुमित महर्जनले ३६ रन बनाए भने सुवास खकुरेल ३८ रनमा आउट भए।
त्यस्तै, कप्तान शरद भेषावकरले २४ रन बनाए भने सन्दिप जोराले २८ रन जोडे। वसन्त रेग्मीले २० रनको योगदान दिँदा अमर रौटेलोले २६ रन जोडे।
बलिङतर्फ हरि चौहानले पाँच विकेट लिए भने शाहब आलमले दुई विकेट लिए। त्यस्तै, आकाश चन्द र शुसन भारीले १–१ विकेट गिराए।