बिहीबार, असोज ३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सुर्खेत विमानस्थल विस्तार : संघ र प्रदेशलाई स्थानीय सरकारको अड्को

सुर्खेत विमानस्थल विस्तार : संघ र प्रदेशलाई स्थानीय सरकारको अड्को

वीरेन्द्रनगर नगरपालिकाले प्रदेश र संघका सरोकारवाला मन्त्रालयलाई पत्र पठाएर विमानस्थल विस्तारको विकल्प खोज्न अनुरोध गरेको हो।
 |  सोमबार, माघ १२, २०७७
nespernesper

देव राना

देव राना

सोमबार, माघ १२, २०७७

सुर्खेत– सुर्खेत विमानस्थल विस्तार गर्न कर्णाली प्रदेश र केन्द्र सरकार कस्सिएका छन्। विमानस्थल विस्तारका लागि प्रदेशले ५० करोड र संघीय सरकारले ५१ करोड रुपैयाँ बजेट छुट्याएका छन्। 

triton college

धावनमार्ग विस्तारका लागि गत असोज १५ गते संघ र प्रदेशबीच सम्झौता भइसकेको छ। केन्द्र सरकारले ३० विघा क्षेत्रफल अधिग्रहण गर्न अनुमतिसमेत दिइसकेको छ। तर, वीरेन्द्रनगर नगरपालिका भने विमानस्थल विस्तारको विपक्षमा उभिएको छ। यही माघ २ र ३ गते बसेको कार्यपालिका बैठकले नै विमानस्थल विस्तार गर्न नसकिने निर्णय गरेको छ।

कार्यपालिकाको निर्णयअनुसार प्रदेश र संघीय सरकारलाई विमानस्थल विस्तारको विकल्प खोज्न आग्रह गरिसकिएको छ। नगरपालिकाले कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र केन्द्र सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएर विमानस्थल विस्तारको विकल्प खोज्न अनुरोध गरेको हो। नगरपालिका नै विमानस्थल विस्तारको विपक्षमा उभिएपछि सुर्खेत विमानस्थल विस्तारमा चुनौती थपिएको छ।

प्रभावित क्षेत्रका स्थानीयको मागअनुसार नै सुर्खेत विमास्थल विस्तारको विकल्प खोज्नुपर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ। ‘सुर्खेत विमानस्थल विस्तारको विकल्प खोज्नुपर्छ भन्ने स्थानीयको माग छ। नगरपालिकाले त्यही मागलाई सम्बोधन गरेको हो,’ नगरप्रमुख देवकुमार सुवेदी भन्छन्, ‘तर संघ र प्रदेश सरकारको योजनालाई असहयोग गरेका होइनौँ।’

वडावासीले विमानस्थल विस्तारको विकल्प खोज्नुपर्ने मागअनुसार नै संघ र प्रदेश सरकारलाई विकल्पका लागि आग्रह गरिएको सुवेदीको भनाइ छ। ‘विकासका हरेक सवालमा जनता नै सर्वाेपरी हुन्,’ सुवेदी भन्छन््, ‘नगरपालिकाले पनि जनताकै मागअनुसार विमानस्थल विस्तारको विकल्प खोज्नुपर्ने निर्णय गरेको हो।’

Metro Mart
vianet

स्थानीय सरकार विमानस्थल विस्तारको विपक्षमा उभिएपछि कर्णाली प्रदेश सरकारले पनि विकल्पबारे छलफल चलाउने भएको छ। ‘सुर्खेतमा सुविधासम्पन्न विमानस्थल आवश्यक छ, त्यही आवश्यकता पूरा गर्न सरकारले विमानस्थल विस्तारको योजना ल्याएको हो,’ कर्णाली प्रदेश सरकारका प्रवक्तासमेत रहेकी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भनिन्, ‘नगरपालिका नै विपक्षमा उभिएपछि विकल्पबारे छलफल चलाउँछौँ।’

हालको विमानस्थल विस्तार गर्न उपयुक्त नभएको खण्डमा विकल्पको खोजी गरिने केसीले बताइन्। तर विकल्प खोज्नुभन्दा पहिले नगरपालिकासँग  पुनः छलफल चलाउने सरकारको तयारी छ।

प्रभावित क्षेत्रका स्थानीयले भने सुरुवातदेखि नै सुर्खेत विमानस्थल विस्तार हुन नदिने चेतावनी दिँदै आएका छन्। विमानस्थल विस्तार गर्दा वीरेन्द्रनगर नगरपालिका वडा नं. १० र १२ का झण्डै एक हजार घरधुरी प्रभावित हुन्छन्। स्थानीयको अवरोधका कारण लगत संकलन कार्य रोकिएको छ।

‘सुरुमै स्थानीयले अवरोध गरेपछि विमास्थल विस्तारको सबै काम रोकेका छौँ,’ नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले भने, ‘अवरोध हटाउन मुख्यमन्त्रीले समन्वय गर्छु भन्नुभएको छ। हामी उहाँकै निर्णय पर्खेर बसेका छौँ।’

तर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने अवरोध हटाउने विषयमा समन्वय गर्न सकेका छैनन्। विमानस्थल विस्तार गर्दा आउन सक्ने अवरोध हटाउन मुख्यमन्त्रीको अध्यक्षतामा सर्वदलीय र सर्वपक्षीय समिति गठन भएको छ। समितिमा सुर्खेतका सम्पूर्ण राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन र सरोकारवाला निकायका प्रतिनिधि सहभागी छन्। तर, समितिले अवरोध हटाउन छलफल नै चलाउन सकेको छैन।

०२३ सालमा निर्माण भएको सुर्खेत विमानस्थलको धावनमार्ग हाल १ हजार २५५ मिटर छ। धानवमार्ग विस्तार गरेर १ हजार ५५५ मिटर बनाउने लक्ष्य सरकारको छ। धावनमार्ग विस्तार भएपछि साना तथा ठूला जहाज पनि उडान तथा अवतरण गर्न सकिने छ। धावनमार्ग विस्तार भएपछि मध्यम आकारका जहाज आउने र भाडा पनि सस्तो हुने अपेक्षा स्थानीयको छ।

प्रकाशित: Jan 25, 2021| 07:10 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।