शनिबार, भदौ २०, २०८३

केपी ओली बालकोट गएर आराम गर्नुस् : नेपाल

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगको हिजो आइतबारको निर्णयअनुसार आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको दाबी गरेका छन्।
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

काठमाडौं– नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगको हिजो आइतबारको निर्णयअनुसार आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको दाबी गरेका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘०७५ जेठ २३ मा प्राप्त विवरणबाहेक अन्य कुरा मान्य छैन भनेको छ निर्वाचन आयोगले। अब सबै कुरा क्लियर भयो। सडक छाप, धुलो छाप पार्टीको कुनै अर्थ छैन।’

नेकपामा ४४१ सदस्यीय केन्द्रीय कमिटी रहेकोमा त्यसमध्ये ३ सयभन्दा बढी आफूहरुसँग रहेको दाबी गर्दै उनले स्थायी कमिटीमा पनि ४५ मध्ये २८ जना आफ्नो पक्षमा रहेको बताए। ‘केपीको सानो झुण्डसँग थोरै मान्छे छन्। ३ सयभन्दा बढी हामीसँग छन्, केपीसँग सयजनाको सेरोफेरोमा छन्। कहाँ ३ सय कहाँ १ सय !’ नेपालले भने।

ओलीसँग एक चौथाइ र आफूहरुसँग ७० प्रतिशत केन्द्रीय सदस्य रहेको दाबी नेपालले गरे। ‘४४१ र ४५ लाई आधार मानेको छ आयोगले। त्यस आधारमा बहुमत हामीसँगै छ। हामी नै आधिकारिक हौं। सूर्य चिह्न पनि हाम्रै हो,’ नेपालले भने। 

आयोगले पुरानै विवरणलाई आधार मानेपछि आफू पार्टी अध्यक्ष भने नरहेको नेपालले स्वीकारे। ‘म नभए पनि प्रचण्डलाई अध्यक्ष मानेको छ। ओलीलाई त केन्द्रीय कमिटीले हटाइसकेको छ, अब प्रचण्डमात्रै अध्यक्ष हुनुहुन्छ। दुईजना अध्यक्ष हुने एपछि अर्को मै हुने हुँ। केपी ओली बालुवाटार छोडेर बालकोट गएर आराम गरेर बस्नुस्,’ नेपालले भने।
 

प्रकाशित: Jan 25, 2021| 06:56 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।