शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हाम्रो पार्टीले आधिकारिकता पाउनेमा ढुक्क छौं : प्रवक्ता श्रेष्ठ

हाम्रो पार्टीले आधिकारिकता पाउनेमा ढुक्क छौं : प्रवक्ता श्रेष्ठ

दाहाल–नेपाल समूहको नेकपाले निर्वाचन आयोगको आधिकारिक पत्र आएपछि पार्टीको वैधानिकताबारे धारणा सार्वजनिक गर्ने भएको छ। 
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

काठमाडौं– दाहाल–नेपाल समूहको नेकपाले निर्वाचन आयोगको आधिकारिक पत्र आएपछि पार्टीको वैधानिकताबारे धारणा सार्वजनिक गर्ने भएको छ। 

उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले साेमबार नेपाल समयसँग भने, आयोगको आधिकारिक प्रतिआएपछि नै हाम्रो आधिकारिक धारणा आउनेछ।’ 

आयोगले आइतबार नेकपाका दुवै समूहलाई वैधानिकता नदिएपछि दाहाल–नेपाल समूहले यस्तो प्रतिक्रिया दिएको हो। 

उनले दाहाल–नेपाल समूहको नेकपाले वैधानिकता पाउने बताए। श्रेष्ठले भने, ‘संविधान र कानुनअनुसार नै आयोगले काम गर्नुपर्ने भएकाले हाम्रो पार्टीले आधिकारिकता पाउनेमा ढुक्क छौं।’

उनले प्रारम्भमै दल ऐनअनुसार सही निर्णय दिन सक्नुपर्नेमा आयोगले ढिलाइ गरेको बताए। उनले भने, ‘आयोगले किन चाँडै निर्णय दिन सकेन भन्ने हामीलाई लागेकै छ। आयोगले ढिलाइ गर्नुपर्ने कारण देखिँदैन।’ 

यस्तै उनले आयोगले आफूलाई दुविधाजनक स्थितिमा राखिरहनुपर्ने भनाइ राखे। श्रेष्ठले त्यसबाट आशंकाको स्थिति उत्पन्न हुन नहुने पनि बताए। 

प्रकाशित: Jan 25, 2021| 06:07 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।