शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहाल–नेपाल समूहको संघर्षका कार्यक्रम सार्वजनिक, भोलि सिटी जुलुस गर्ने

दाहाल–नेपाल समूहको संघर्षका कार्यक्रम सार्वजनिक, भोलि सिटी जुलुस गर्ने

नेपाल कम्युनिष्ट पार्टी (दाहाल-नेपाल समूह) ले आज संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेको छ। 
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (दाहाल-नेपाल समूह) ले आज संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेको छ। 

घोषित कार्यक्रमअनुसार भोलि मंगलबार काठमाडौंमा सिटी जुलुस गरिने छ। 

त्यस्तै १४ देखि २१ गतेसम्म माइतीघर मण्डलमा संविधानसभा सदस्य, संघीय सांसद तथा प्रदेशसभा सदस्यसहितको धर्ना कार्यक्रम हुनेछ।

१६ गते जुलुससहित श्रद्धाञ्जली कार्यक्रम रहेकाे र दिउँसो १ बजे शान्तिवाटिकाबाट लैनचौर प्रस्थान गर्ने कार्यक्रम रहेको केन्द्रीय संघर्ष समिति संयोजक नारायणकाजी श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएका छन्। 

यसै गरी माघ १५ मा बुटवल, १६ मा विराटनगर र १७ मा धनगढीमा विरोध प्रदर्शन तथा सभा गरिने छ। 

प्रदेश राजधानीहरूमा विशिष्ट प्रकारका ठोस कार्यक्रमलाई निरन्तरता दिने, समाजका विभिन्न तह र तप्कासँग अन्तरक्रिया कार्यक्रम, माघ २२ गते काठमाडौंमा युवा र्‍याली, २६ गते देशव्यापी मसाल जुलुस र २८ गते काठमाडौंमा विरोध प्रदर्शन र सभा गरिने विज्ञप्तिमा जनाइएको छ। 

प्रतिनिधिसभा विघटन असंवैधानिक, निरंकुश र प्रतिगामी कदम भन्दै दाहाल–नेपाल समूहले विभिन्न चरणमा आन्दोलन गर्दै आइरहेको छ। 

पढ्नुहाेस्

दाहाल भन्छन्– अब टाउकोमै हान्नुपर्ने स्थिति आयो
 

प्रकाशित: Jan 25, 2021| 05:53 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।