शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलाली भजनीका किसानलाई चैते धानको बीउ निःशुल्क वितरण

कैलाली भजनीका किसानलाई चैते धानको बीउ निःशुल्क वितरण

 कैलालीको भजनी नगरपालिकाका किसानलाई १०० क्विन्टल चैते धानको बीउ निःशुल्क वितरण गरिएको छ।
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

कैलाली - कैलालीको भजनी नगरपालिकाका किसानलाई १०० क्विन्टल चैते धानको बीउ निःशुल्क वितरण गरिएको छ।

नगरपालिकाको १ देखि ९ वटै वडाका किसानलाई चैते धानको बीउ वितरण गरिएको हो।

नगरका अधिकांश क्षेत्र डुबानका कारण बर्खे यामको धानबालीको उत्पादन लिन नपाउने भएकाले चैते धान खेतीबाट नागरिकको खाद्य सुरक्षा सुनिश्चित गर्न धानको बीउ वितरण गरेको नगरपालिका कृषि शाखाका प्रमुख कमल चौधरीले बताए। 

‘यहाँ बर्सेनि बर्षात्मा बाढी आउँछ, यहाँका किसानले बर्खे खेती गर्न सक्दैनन, त्यसैले चैते धानको बीउ वितरण गर्‍यौं’, कृषि शाखा प्रमुख चौधरी भन्छन्, ‘यहाँ चैते धान राम्रो उत्पादन हुन्छ । हामीले धान खेती भनेपछि चैते धानलाई बढी प्रोत्साहन गर्छौं।’ 

उनले डुबान क्षेत्रका किसानलाई प्राथमिकतामा राखेर बीउ वितरण गरिएको जानकारी दिए। भजनी नगरपालिका र कृषि ज्ञान केन्द्र कैलालीको आर्थिक सहयोगमा २२२ हेक्टरमा पुग्ने गरी २८ कृषक समूह र व्यक्तिगतरूपमा गरी चैते धानको बीउ वितरण गरिएको छ। 

‘किसानको मागका आधारमा बीउ वितरण गरिएको हो’, चौधरी भन्छन्, ‘चैते तीन र चैते पाँच जातको धानको बीउ नगरपालिकाले १५ क्विन्टल र कृषि ज्ञान केन्द्रको ८५ क्विन्टल किसानलाई उपलब्ध गरायौँ। यससँगै चैते धान खेतीमार्फत् उत्पादन बढाउन अन्य कार्यक्रमसमेत सञ्चालन गर्नेछौँ।’

नगरपालिकामा करिब ४०० हेक्टरमा चैते धानखेती हुने गरेको छ। रासस

प्रकाशित: Jan 25, 2021| 03:22 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।