शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ला लिगाको संघर्षपूर्ण यात्रामा बार्सिलोना, शीर्षस्थानमै छ एट्लेटिको

ला लिगाको संघर्षपूर्ण यात्रामा बार्सिलोना, शीर्षस्थानमै छ एट्लेटिको

आइतबार राति सम्पन्न ला लिगाको खेलमा बार्सिलोनाले एल्चेलाई २–० गोल अन्तरले हराएको छ।
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

काठमाडौं – आइतबार राति सम्पन्न ला लिगाको खेलमा बार्सिलोनाले एल्चेलाई २–० गोल अन्तरले हराएको छ।

एन्चेको मैदानमा सम्पन्न खेलमा बार्सिलोनाको जितका लागि फ्रांकी डी जोङ र रिकी पिउगले समान १्/१ गोल गरेका थिए।

खेलको ३९ औं मिनेटमा गोल गर्दै डी जोङले बार्सिलोनाका लागि सुरुआती अग्रता बनाएका थिए। त्यस्तै उनले दिएको पासको सदुपयोग गर्दै पिउगले ८९ औं मिनेटमा गोल गरे।

पिउगको गोलसँगै बार्सिलोनाले दुई गोलको अग्रतामा खेल जित्यो। सिजनबीचका खेलमा खराब नतिजा प्रस्तुत गरेको बार्सिलोना पछिल्ला केही खेलका कारण अंक तालिकाको शीर्ष तीनमा पर्न सफल भएको छ।

उसले जारी सिजनमा चार हार र चार बराबरी बेहोरिसकेको छ। त्यसैले गएरातिको खेलमा जित निकालेर तेस्रो स्थानमा रहेको बार्सिलोना शीर्षस्थानको एट्लेटिको मड्रिडभन्दा १० अंकले पछि छ।

एट्लेटिको मड्रिडले गएरातिको खेलमा भ्यालेन्सियालाई ३–१ गोलले हाउँदै शीर्षस्थानमा ४७ अंक बनाएका थियो।

एट्लेटिकोको जितका लागि जोआ फेलिक्स, लुइस सुवारेज र एन्जेल कोरियाले समान १–१ गोल गरे।

गएरातिको एट्लेटिकोसँग पराजित भएको भ्यालेन्सिया २० अंकका साथ १४ औं स्थानमा छ। त्यस्तै बार्सिलोनासँग पराजित एल्चे भने पुछारबाट दोस्रो स्थानमा छ।

प्रकाशित: Jan 25, 2021| 01:59 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।