शनिबार, असार २७, २०८३

बायर्नको जितमा किमिच पर्दापछिका नायक

डिफेन्सिभ मिडफिल्डर जोसुवा किमिचले तीन एसिस्ट गर्दा बार्यनले ४–० गोलले खेल जितेको छ।
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

काठमाडौं – डिफेन्सिभ मिडफिल्डर जोसुवा किमिचले तीन एसिस्ट गर्दा बार्यनले ४–० गोलले खेल जितेको छ।

यद्यपि बुन्डेसलिगाअन्तर्गत आइतबार रातिको खेलमा उनले गोल गर्न भने सकेनन्।

साल्केको मैदानमा थोमस मुलरले पहिलो हाफको ३३ औं मिनेटमा गोल गर्दा किमिचले पहिलो एसिस्ट गरे। यससँगै पहिलो हाफमा बार्यन एक गोलले अघि थियो।

५४ औं मिनेटमा किमिचले रोबर्ट लेवान्डोस्कीलाई दिएको पास पनि गोलमा परिणत भयो। साथै ८८ औं मिनेटमा थोमस मुलरले व्यक्तिगत दोस्रो गोल गर्दा पनि पास किमिचले नै उपलब्ध गराए।

किमिचको तेस्रो पास पनि गोलमा परिणत भएपछि खेलमा बायर्न हाबी भयो। किमिच जारी सिजनका १४ खेलमा पहिलो रोजाइको खेलाडी बन्दै १२ एसिस्ट पूरा गरेका छन्।

बायर्नका नतिजालाई ४–० मा पुर्‍याउन डेबिड अल्वा र किंग्सले कोमनले सहकार्य गरे। कोमनले अन्तिम मिनेटमा पास दिए भने अल्वाले त्यसलाई साल्केको पोस्टमा छिराए।

यससँगै बायर्नले बुन्डेसलिगाको शीर्षस्थानमा स्पष्ट सात अंकको अग्रता बनाएको छ। दोस्रो स्थानको आरबी लाइप्जिकको ३५ अंक छ।

यता पराजित टिम साल्के भने पुछारबाट पहिलो स्थानमा छ।

प्रकाशित: Jan 25, 2021| 01:47 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।