शनिबार, भदौ २०, २०८३

नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहले गरेको पदाधिकारी फेरबदललाई मान्यता नदिने भएको छ।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं- निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहले गरेको पदाधिकारी फेरबदललाई मान्यता नदिने भएको छ।

दुवै पक्षकाे मागदाबीअनुसार विवरणमा परिवर्तन र संशाेधन हुन नसक्ने निर्णय आयोगले आइतबार गरेकाे हाे। 

आयोगको आइतबार बसेको पदाधिकारी बैठकले केपी शर्मा ओली र पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहले गरेको फेरबदललाई नमान्ने निर्णय गरेको आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिए। उनले भने, 'विवरण हेरफेर हुन सक्ने अवस्था हुने देखिएन। साविककै विवरण कायम हुनेछ।'

दुवै पक्षकाे दाबी प्रचलित कानुनअनुसार नदेखिएकाले पूर्ववत् अवस्थामा रहेकाे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए। उनले भने, 'दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुवै पक्षले दिएको जवाफप्रति आयोग सन्तुष्ट हुन सकेन।' 

उनले नेकपा विभाजनलाई आयोगले वैधानिकता नदिएको बताए। उनले भने, 'पार्टी पूर्ववत् एकीकृत अवस्थामा छ। त्याे भन्दा दायाँबायाँ केही भएकाे छैन।'

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपाका दाहाल नेपाल समूहले आफूहरु वैधानिक दल रहेको भन्दै आयोगमा निवेदन दिएको थियो।

यस्तै प्रधानमन्त्री एवम् अर्का अध्यक्ष ओली समूहले पनि केन्द्रीय समितिको सदस्यहरुको हस्ताक्षरसहितको निवेदन आयोगमा पेस गरेको थियो। 

संसद् विघटनपछि दाहाल नेपाल समूह सडक आन्दोलनमा उत्रिएको छ। उसले दुई चरणको विरोधका कार्यक्रम गरिसकेको छ। यस्तै ओली समूहले पनि संगठन विस्तार र भेलालाई तीव्र बनाएको छ। 

दुवै समूह अहिले एकअर्काको आरोपप्रत्यारोपमा उत्रिएका छन्। 

 

 

 

प्रकाशित: Jan 24, 2021| 15:44 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।