मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • नवीन र आयशा सम्मानित, १३ औं सागका खेलाडीको प्रोत्साहन भत्ता चाँडै आउने

नवीन र आयशा सम्मानित, १३ औं सागका खेलाडीको प्रोत्साहन भत्ता चाँडै आउने

सुमेरु ग्रुपको सहयोगमा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले पल्सर स्पोर्ट्स अवार्ड- २०७६ अन्तर्गत वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड विजेता नवीनकुमार श्रेष्ठ र स्पेसल अवार्ड विजेता आयशा शाक्यलाई सम्मान गरेको छ।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं- सुमेरु ग्रुपको सहयोगमा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले पल्सर स्पोर्ट्स अवार्ड- २०७६ अन्तर्गत वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड विजेता नवीनकुमार श्रेष्ठ र स्पेसल अवार्ड विजेता आयशा शाक्यलाई सम्मान गरेको छ।

नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङ तामाङको स्वागतमा आयोजित कार्यक्रम दुवैलाई सम्मान गरिएको हो।
नवीन र आयशालाई बागमती प्रदेश र सुमेरु ग्रुपले छुट्टाछुट्टै प्रशंसापत्र प्रदान गरी सम्मान गरे।

नवीन तेक्वान्दोका प्रमुख प्रशिक्षक तथा आयशा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेतर्फ दोहोरो स्वर्ण विजेता हुन्।

१३ औं सागमै नवीन नेपाली राष्ट्रिय तेक्वान्दो टोलीको प्रमुख प्रशिक्षक थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद मन्त्री तामाङले सबै मिलेर खेलकुदमा रहेका समस्यलाई समाधान गर्नु पर्नेमा जोड दिदै खेलाडीको रोकिएको प्रोत्साहन भत्ता निकासा गरिसकेको जानकारी गराए।

उनले १३ औं सागका स्वर्ण विजेता खेलाडीको प्रोत्साहन भत्ता पनि निकासाका लागि खेलकुद मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको बताए।

उक्त सागमा नेपालले तेक्वान्दोमा १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक जितेको थियो। तेक्वान्दोमा सहभागी सबै २९ खेलाडीले पदक चुमेका थिए।

सुमेरुका अध्यक्ष भरत महर्जनले १४ औं सागमा स्वर्ण जित्ने खेलाडीलाई २ लाख नगद पुरस्कार उपलब्ध गराउने प्रतिबद्धता जनाए।

कार्यक्रममा सेकेन्ड क्लास रेफ्रीमा उत्तीर्ण हुन सफल पुम्सेका नोर्बु लामा र ग्योरोगीका रविन्द्र मल्ललाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो।

प्रकाशित: Jan 24, 2021| 13:42 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।