शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल-दाहाल पक्षबाट ओलीलाई नेकपाको साधारण सदस्यबाट निष्कासन

नेपाल-दाहाल पक्षबाट ओलीलाई नेकपाको साधारण सदस्यबाट निष्कासन

नेकपाको दाहाल–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गरेको छ। 
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं– राजनीतिक रुपमा विभाजित बनेको नेकपाको दाहाल–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गरेको छ। 

पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको आमन्त्रित स्थायी कमिटी सदस्य पेशल खतिवडाले जानकारी दिए।

आजको स्थायी कमिटीको बैठकले पार्टीको केन्द्रीय कार्यालय सचिवमा गंगालाल तुलाधर र उपसचिवमा मोहन गौतमलाई थप्ने निर्णय गरेको छ। 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अर्काे एक उपसचिव पनि थप्ने निर्णय गरेको जानकारी दिए।

त्यस्तै पार्टी संगठनका पदाधिकारीहरु नियुक्तिको पनि छिट्टै निर्णय गर्ने आजको बैठकले निर्णय गरेको छ।

प्रकाशित: Jan 24, 2021| 12:50 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।