शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अख्तियारको इटहरी कार्यालयद्वारा ८३४ मुद्दा फर्स्याेट

अख्तियारको इटहरी कार्यालयद्वारा ८३४ मुद्दा फर्स्याेट

अख्तियार दुरुपयोग अनुन्धान आयोगको कार्यालय इटहरीले गत आर्थिक वर्षमा ४४ दशमलव ३ प्रतिशत मुद्दा फर्स्याेट गरेको छ। 
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

विराटनगर- अख्तियार दुरुपयोग अनुन्धान आयोगको कार्यालय इटहरीले गत आर्थिक वर्षमा ४४ दशमलव ३ प्रतिशत मुद्दा फर्स्याेट गरेको छ। 

जिम्मेवारी सरेर आएका ८६५ र नयाँ दर्ता भएका १ हजार १७ वटा गरी १ हजार ८८२ वटा मुद्दा दर्ता भएको आयोगको कार्यालय इटहरीका प्रमुख प्रकाश पौडेलले बताए। उनले दर्ता भएकामध्ये ८३४ वटा मुद्दा फर्स्याेट गरेको बताए। पौडलका अनुसार १ हजार ४८ वटा मुद्दा अनुसन्धानको प्रक्रियामा छन्। 

आइतबार प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई आयोगको ३० औं वार्षिक प्रगति प्रतिवेदन हस्तान्तरण गर्दै कार्यालय प्रमुख पौडेलले स्थानीय तहका उजुरी बढी आएको बताए। उनले स्थानीय तहको संघीय मामिला तर्फ ७१६ र शिक्षा तर्फ ३६९ वटा उजुरी आयोगमा दर्ता भएको बताए।

स्थानीय तहपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका १६२ वटा उजुरी आयोगमा परेका छन्। कार्यालय प्रमुख पौडेलले गत आर्थिक वर्ष २०७६–०७७ मा २० वटा ‘स्टिङ अपरेसन’ गरिएको बताए। सो क्रममा २४ जनालाई नियन्त्रणमा लिइएको छ। 

नियन्त्रणमा लिइएकाहरुमा अधिकृत स्तरका कर्मचारी ४, सहायक स्तरका १७, जनप्रतिनिधि १ र अन्य २ जना छन्।

आयोगमा कतिपय उजुरीहरु दुःख हैरानी दिने मनसाय तथा गोलमटोल रुपमा आउँदा समस्या हुने गरेको कार्यालय प्रमुख पौडेलले बताए। उनले सामाजिक सुरक्षा भत्तामा बढी अनियमिता हुने गरेको बताए। सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीमार्फत वितरण नभएका स्थानमा सरकारी रकमको बढी दुरुपयोग र हिनामिना भएको प्रदेश प्रमुख अधिकारी समक्ष जानकारी गराए। 

आयोगको वार्षिक प्रगति प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख अधिकारीले आयोगले यथार्थताभित्र रहेर अनुसन्धान गर्ने गरेको बताए। उनले आयोगलाई परिमार्जन र व्यवस्थित गर्नुपर्ने काम भए तत्काल गर्न पनि सुझाव दिए।

प्रकाशित: Jan 24, 2021| 12:30 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।