शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाल बारको आपत्ति, माफी माग्न माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाल बारको आपत्ति, माफी माग्न माग

नेपाल बार एसोसिएसनले प्रधानमन्त्री केपी शर्मा ओलीले अमर्यादित, अपमानजनक र असहिष्णु अभिव्यक्ति दिएको भन्दै गम्भीर आपत्ति र खेद व्यक्त गरेको छ। 
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं– नेपाल बार एसोसिएसनले प्रधानमन्त्री केपी शर्मा ओलीले अमर्यादित, अपमानजनक र असहिष्णु अभिव्यक्ति दिएको भन्दै गम्भीर आपत्ति र खेद व्यक्त गरेको छ। 

बारका महासचिव अधिवक्ता लिलामणि पौडेलले विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्तिप्रति तत्काल सार्वजनिक रुपमा माफी माग्न समेत प्रधानमन्त्रीसँग माग गरेका छन्।  

‘राज्यको प्रमुख निकाय कार्यपालिका प्रमुख प्रधानमन्त्री श्री खड्गप्रसाद ओलीले मिति २०७७ माघ ९ गतेका दिन आफ्नो पार्टीको कार्यक्रममा सम्बोधन गर्ने क्रममा ‘वकिलले कुरा फिटेका फिट्यै छन्, केही वकिलहरुले एक जना बाजे वकिललाई लिएर गएछन् त्यहाँ तमासा हेर्न’ भनी दिनुभएको अभिव्यक्ति संविधान, कानुन र सम्माननीय प्रधानमन्त्री स्वंयको पदीय मर्यादा, आचरण अनुकूल पनि छैन। साथै उक्त अभिव्यक्ति हाम्रा वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीज्यू र समग्र कानुन व्यवसायीकै विरुद्ध मात्र नभएर अदालतकै मानहानी र अवहेलना जन्य कार्य समेत हो,’ विज्ञप्तिमा भनिएको छ। 

बारले अबका दिनमा यस किसिमका अभिव्यक्ति नदोहोर्‍याउन चेतावनी दिँदै दोहोर्‍याएमा सशक्त विरोधका कार्यक्रम गर्न बाध्य हुने बताएको छ।

कानुन व्यवसायीहरुले आ–आफ्नो पक्षको तर्फबाट बहस पैरवी गर्दा कुनै पनि मुद्दाको पक्ष वा अन्य कसैले पनि कानुन व्यवसायीप्रति कुनै गालीगलौज, अपमानजन्य, होच्याउने वा खिसीट्युरीको विषय बनाइनु नहुने भन्दै बारले यस्तो कार्य अदालतको अवहेलनाजन्य र खेदजनक पनि हुने भन्दै ध्यानाकर्षण गराएको छ। 

यसअघि आजै बारका चारजना पूर्वअध्यक्षले यही विषयमा विज्ञप्ति जारी गरेका थिए।
 

प्रकाशित: Jan 24, 2021| 11:12 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।