सोमबार, चैत २, २०८२

पीएम कपमा पहिलो बराबरी, अपराजित बागमती सेमिफाइनलमा

लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत आज (आइतबार) सम्पन्न खेलमा बागमती प्रदेशसँग बराबरी खेलेको छ।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं– लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत आज (आइतबार) सम्पन्न खेलमा बागमती प्रदेशसँग बराबरी खेलेको छ।

National life

मूलपानीस्थित क्रिकेट मैदानमा भएको खेलमा २२१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १२ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाएर २२० रन बनाएपछि खेल बराबरी भएको हो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले पूरा ओभर खेल्दै नौ विकेटको क्षतिमा २२० रन बनाएको थियो। बागमतीका लागि आदिल खानले सर्वाधिक ५५ रनको अर्धशतकीय इनिङ खेले भने इशान पाण्डेले ५१ रन जोडे।

त्यस्तै, पृथु बास्कोटा २९ रनमा आउट भए भने आकाश थापाले ३९ रनको योगदान दिए। बलिङतर्फ लुम्बिनीका लागि दिपेन्द्र रावतले तीन विकेट गिराए भने कृष्ण कार्की र सन्दिप सुनरले समान २–२ विकेट लिए।

विक्रम भुषाल र अनिल खरेलले समान १–१ विकेट गिराए। जवाफी ब्याटिङमा आएको लुम्बिनीका प्रकाश केसी र कृष्ण कार्कीले समान ४१ रन बनाए। त्यस्तै, सन्दिप सुनारले २५, देव खनालले २६ र सन्दिप रजालीले ११ रन जोडे।

Laxmi sunrise bank
kumari

बलिङतर्फ बागमतीका विपिन आचार्यले चार विकेट लिए भने गौतम केशीले दुई विकेट लिए। एक विकेट लिनेमा रामनरेश गिरी र तिलक भण्डारी रहे।

आजको खेलमा बराबरी भएसँगै समूह विजेता बन्दै बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ। अंकतालिकामा शीर्षस्थानमा रहेको बागमती सेमिफाइनलमा पुगेको हो।

तर, लुम्बिनीको सेमिफाइनल यात्रा भने अर्को टोली नेपाल पुलिस क्लबको प्रदर्शनमा भर पर्ने छ। भोलि पुलिसले प्रदेश २ सँग खेल्दैछ। उक्त खेलमा पुलिसले जित निकालेको खण्डमा ऊ सेमिफाइनलमा जानेछ। प्रहरीले हार बेहोरेको खण्डमा लुम्बिनी समूह बी को उपविजेता हुँदै सेमिफाइनल प्रवेश गर्नेछ।

यो समूहका प्रदेश २ र सुदूरपश्चिम प्रदेश यसअघि नै बाहिरिसकेका छन्।
 

प्रकाशित: Jan 24, 2021| 11:04 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।