शनिबार, असार २७, २०८३

विमलाको ह्याट्रिकमा वालिङविरुद्ध आर्मीको सानदार जित

राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आइतबार सम्पन्न खेलमा नेपाल आर्मीको विभागीय टिम त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकाविरुद्ध सानदार जित निकालेको छ।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं – राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आइतबार सम्पन्न खेलमा नेपाल आर्मीको विभागीय टिम त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकाविरुद्ध सानदार जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले वालिङविरुद्ध ७–० गोलको फराकिलो अन्तरले जित निकालेको हो।

आर्मीको जितका लागि विमला चौधरीले ह्याट्रिक गरिन् भने दीपा राई, शर्मिला थापा, हेमा चौधरी र भुजंंगा चौधरीले १–१ गोल गरे।

खेलको १५ औं मिनेटमै सुरुआती गोल गर्दै विमलाले अग्रता दिलाएकी थिइन्। उनको अग्रतालाई दीपाले २८ औं मिनेटमा दोब्बर बनाइन््।
शर्मिलाले अर्को गोल गरेपछि आर्मी पहिलो हाफमा ३–० गोलले अघि थियो।

विमलाले दोस्रो हाफको ६६ औं र ७५ औं मिनेटमा गोल गर्दैै ह्याट्रिक गरेकी थिइन्। हेमा र भुजंगाले ८९ औं र इन्जुरी समयमा गोल गरेका थिए। 

आर्मीका प्रशिक्षक राजु तामाङले पहिलो खेलको बराबरीपछि गोलका लागि केन्द्रित भएको बताएका छन्।

उनले विभागीय डर्बी एपीएफसँगको आगामी खेल महत्त्वपूर्ण हुने बताए।

पराजित टिम वालिङका प्रशिक्षक दिलीप थापाले आफ्ना विदेशी खेलाडी चोटग्रस्त भएका कारण प्रदर्शनमा असर परेको बताए।

‘हाम्रो अफ्रिकन डिफेन्डर चोटग्रस्त भएकी छन्। र, जसले खेले उनीहरुले सहकार्य गर्न सकेनन्,’ उनले भने।
 

प्रकाशित: Jan 24, 2021| 09:45 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।