शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको प्रश्न– संसद् ५ वर्ष जागिर खाने ठाउँ हो ?

प्रधानमन्त्रीको प्रश्न– संसद् ५ वर्ष जागिर खाने ठाउँ हो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् ५ वर्ष जागिर खाने ठाउँ नभएको टिप्पणी गरेका छन्।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् ५ वर्ष जागिर खाने ठाउँ नभएको टिप्पणी गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित अपांगता निवारणका लागि काम गरिरहेका संस्थाहरुले गरेको अन्तर्किया कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद् विघटन अलोकतान्त्रिक र संविधानविपरीत भयो भन्नेलाई लोकतन्त्र विरोधी, संविधान विरोधी, देश विरोधी तथा जनविरोधीको संज्ञा दिए। 

प्रधानमन्त्री ओलीले बहुमतको सरकार तोडेर जोडजाम सरकार बनाएर स्थिरताको नाटक गर्नेहरुले सांसद पदलाई जागिरको रुपमा लिएको टिप्पणी गरे। ‘संसदमा ५ वर्ष जागिर खानुपर्छ भन्नेहरु छन्। सांसद भनेको जागिर हो ? उनीहरुको तर्क संसदमा ५ वर्ष जागिर खानुपर्छ भन्ने छ । यो जागिर होइन,’ ओलीले भने।

अपांगता भएका व्यक्तिहरुका लागि सरकार सधैं साथमा रहेको उनले बताए। साहित्यकार झमक घिमिरेको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले अपांगता भए पनि केही गर्न चाहनेका लागि सरकारले मनोबल बढाउन सहयोग गर्ने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘हिजो सडकभरी बालबालिका हुने गर्थे, जसलाई खाते भन्ने नाम लिएर सम्बोधन गर्ने गरेका थिए। अहिले सडकमा खाते छैनन्। अहिले सरकार छ, कुनै नेपालीका छोराछोरीलाई खाते हुन दिइँदैन।’
 

प्रकाशित: Jan 24, 2021| 09:42 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।