शनिबार, असार २७, २०८३

पीएम कपमा प्रदेश २ विरुद्ध सुदूरपश्चिमको सहज जित

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत त्रिविको क्रिकेट मैदानमा आज आइतबार सम्पन्न खेलमा प्रदेश २ विरुद्ध  सुदूरपश्चिम प्रदेशले ३ विकेटको जित निकालेको छ।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत त्रिविको क्रिकेट मैदानमा आज आइतबार सम्पन्न खेलमा प्रदेश २ विरुद्ध  सुदूरपश्चिम प्रदेशले ३ विकेटको जित निकालेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश दुईले ४२ ओभरमा पूरा विकेट गुमाएर १९६ रन बनाएपछि सुदूरपश्चिमले १९६ रनको लक्ष्य पाएको थियो।

जवाफी ब्याटिङमा आएको सुदूरपश्चिमले 
३३ ओभरमा ७ विकेट गुमाएर रन लक्ष्य पूरा गरेपछि प्रदेश २ माथि जित निकालेको हो।

सुदूरपश्चिमका लागि सन्जु धामीले ५७ रन को अर्धसतकीय पारी खेले भने खडक बोहराले ४७ रनको योगदान दिए। त्यस्तै, गजेन्द्र बोहराले ३९ रन बनाएको खेलमा अरुण ऐरीले १९ रनको योगदान दिए।

बलिङतर्फ प्रदेश २ का कुमार थापाले तीन विकेट लिए भने हरिशंकर शाहले दुई विलेट लिए। त्यस्तै, विबेक यादव र रवी शाहले समान १–१ विकेट लिए।

त्यसअघि ब्याटिङमा आएको प्रदेश २ का हरिशंकर शाहले सर्वाधिक ६० रन जोडे भने विवेक यादवले ४१ रन बनाए। त्यस्तै, महबुब आलम २४ रनमा आउट हुँदा राहुल प्रताप सिंहले १२ रन बनाए।

सुदूरपश्चिमका तर्फबाट प्रदेश दुईलाई अतिरिक्त ३२ रन प्राप्त भयो। 

बलिङतर्फ शेर मल्ल र नरेन्द्र साउँदले समान ३–३ विकेट लिए भने अरुण ऐरीले दुई विकेट गिराए। एक विकेट लिनेमा हेमन्त धामी र भोज राज भट्ट रहे।

लिग चरणको खेलबाट सेमीफाइनलमा प्रवेश गर्न नसकेपछि यी दुवै टिम प्रतियोगिताबाट बाहिरिसकेका छन्।

प्रकाशित: Jan 24, 2021| 09:29 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।