शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा (जनवादी) का महासचिवलगायत चारजनाको जीवन रक्षा गर्न आयोगको अपिल 

नेकपा (जनवादी) का महासचिवलगायत चारजनाको जीवन रक्षा गर्न आयोगको अपिल 

राष्ट्रिय मानव अधिकार आयोगले अनशनमा बसेका नेपाल कम्युनिस्ट पार्टी (जनवादी) का महासचिव डीएस महता, भरत धनाडी, ललन सिंह र किशोर सिंहको जीवन रक्षाका लागि अपिल गरेको छ।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले अनशनमा बसेका नेपाल कम्युनिस्ट पार्टी (जनवादी) का महासचिव डीएस महता, भरत धनाडी, ललन सिंह र किशोर सिंहको जीवन रक्षाका लागि अपिल गरेको छ।

स्वास्थ्य तथा शिक्षा निःशुल्क हुनुपर्ने लगायतका ५२ बुँदे माग राखी गत पुस ३ गतेदेखि काठमाडौंमा धर्नामा बसेका बेला उनीहरु पटकपटक पक्राउ परेका थिए।

पछिल्लोपटक उनीहरु आमरण अनशनमा छन्। आयोगको बागमती प्रदेश कार्यालयले अनुगमन गर्दा उनीहरुको स्वास्थ्य अवस्था गम्भीर रहेको पाइएको जनाएको छ।  

आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएकाे छ, ‘निजहरूलाई धर्ना तथा अनशनमा रहेका बखत पटकपटक पक्राउ गरी छोड्ने गरिएको तथा निजहरूको स्वास्थ्यमा समस्या देखिएपछि चावहिलस्थित एक अस्पतालमा भर्ना गरिएको पाइएको छ।’

आयोगका अनुसार भरत धनाडी र ललन सिंह अस्पतालमा अनशनमा छन्। 

आयोगले भनेको छ, ‘जनसरोकारसँग सम्बन्धित उचित मागहरूको सम्बन्धमा आवश्यक सम्बोधन हुन तथा अनशनरत व्यक्तिहरूसँग आवश्यक छलफल र संवाद गरी उनीहरूको जीवन रक्षा गर्न समेत आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।’

प्रकाशित: Jan 24, 2021| 09:27 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।