शनिबार, भदौ २०, २०८३

'जनादेश पनि ताजा र बासी भन्ने हुन्छ र श्रीमान् ?'

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ। आज पनि रिट निवेदक र उनीहरुको तर्फबाट कानुन व्यवसायीहरुले बहस गरिरहेका छन्।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ। आज पनि रिट निवेदक र उनीहरुको तर्फबाट कानुन व्यवसायीहरुले बहस गरिरहेका छन्।

बहसकै क्रममा रिट निवेदक दीपक राईले ताजा जनादेशमा जान संसद् विघटन गरिएको विषयमा प्रश्न उठाएका छन्। 

‘जनादेश पनि ताजा र बासी हुन्छ र श्रीमान् ?’ राईले प्रश्न गरे। जनताले दिएको जनमत सधैं ताजा हुने उनको तर्क थियो। ताजा जनादेश भन्दै २–२ वर्षमा निर्वाचन भए त्यसले कस्तो परिणाम ल्याउला भन्दै उनले अदालतको ध्यानाकर्षण गराएका छन्। 

प्रधानमन्त्री ओलीले विचाराधीन मुद्दामा सार्वजनिक रुपमा बोलिरहेको भन्दै उनले त्यसरी बोल्न नमिल्ने बताए।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा गत आइतबारदेखि निरन्तर बहस भइरहेको छ।

आजको बहस सकिएको छ। अब भोलि साेमबार निरन्तर जारी रहनेछ।

प्रकाशित: Jan 24, 2021| 09:20 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।